अखिल क्रान्तिकारी मुसीकोटले मुसीकाेट खलंगा बहुमुखी क्याम्पसमा सरसफाई गर्यो 
                            
                            
                                                        
                                                     
                                                                        अखिल क्रान्तिकारी रुकुम पश्चिम मुसीकोट नगरपालिकाले संविधान दिवसको अवसरमा सरसफाई गरेको छ । संगठनको समितिले खंलगा बहुमुखी क्याम्पसको परिसर भित्र र वरपरको क्षेत्रमा सरसफाई गरेको अखिल क्रान्तिकारी जिल्ला उपाध्यक्ष तथा मुसीकोट नगर समिति इन्चार्ज विशाल विष्टले जानकारी दिनुभयो ।
उहाँका अनुुुसार क्याम्पस परिसर भित्र तथा बाहिर रहेको फोहर र घाँस हटाउनुका सथौ फूलका विरुवा गोडमेल समेत गरिएको छ । सरसफाई कार्यक्रममा नेकपा माओवादी केन्द्र मुसीकोट नगर समिति सचिव शुशिल गौतम, अखिल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य शुशिल विष्ट, प्रदेश सदस्य जनक विश्वकर्मा, जिल्ला सचिव खुमराज ओली सहित विद्यार्थी लगायत सुरक्षाकर्मीहरुको पनि सहभागिता रहेको थियो । 
 
प्रकाशित मिति: सोमबार, असोज ३, २०७९  १६:५९
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

 
                                                 
                                                 
                                                 
                                                -1761806698.jpeg) 
                    


-1759842583.jpg)
 
                     
                     
                     
                     
                     
                    