Kakhara सबैको खबर सम्पूर्ण खबर
रसुवा घटनाप्रति एमाले रुकुम पश्चिमद्वारा दुःख व्यक्त  

बुधवार बिहान भोटेकोसी नदीमा आएको अकल्पनीय बाढीले रसुवा धादिङ नुवाकोट, गोर्खा जिल्लामा पर्ने नदी आसपासका क्षेत्रहरू बगाउँदा भएको ठुलो जनधनको क्षतिप्रति नेकपा एमाले रुकुम पश्चिमले दुःख व्यक्त गरेको छ । नेकपा एमालेका जिल्ला अध्यक्ष नन्दराम देवकोटाले शोक वक्तव्य जारी गर्दै दुःख व्यक्त गर्नुभएको हो । 

‘आकस्मिक भएको यो हृदयबिदारक दुःखद दुर्घटनाले सबैलाई स्तब्ध बनाएको छ । यो राष्ट्रिय विपत्तिलाई सामना गर्न सबैको एकता सहकार्यको अपरिहार्यता महसुस गरी उद्धार राहत र सहयोग गर्न र यस्ता संवेदनशील क्षेत्रमा सतर्कता साथै सम्यमता अपनाउन सरकार एवम् स्थानीय बासिन्दाहरूमा हार्दिक अनुरोध गर्दछु,’ विज्ञप्तिमा भनिएको छ । 

अध्यक्ष देवकोटाले उद्धारमा खट्ने नेपाल प्रहरी सशस्त्र प्रहरी नेपाली सेना एवं सम्पूर्ण परोपकारी सङ्घ संस्थाहरू र स्थानीय बासिन्दाहरूमा धन्यवाद समेत व्यक्त गर्नुभएको छ । घटनामा परि मृत्यु हुने सम्पूर्णमा एमाले रुकुम पश्चिमले श्रद्धाञ्जली अर्पण गरेको छ । 

सम्पूर्ण घाइतेहरूको निःशुल्क औषधि उपचार गर्न व्यवस्था गर्न सरकार सँग माग पनि गरिएको छ । त्यस्तै घटनामा रुकुम पश्चिमका एउटै परिवारका खम्बु बोहरा, पत्नी कोपिला केसी र छोरी लगायत बेपत्ता जनहरूको तत्काल खोजी गर्न पीडितहरूको उद्धार गाँस, बास र कपासको व्यवस्था गर्न पनि अध्यक्ष देवकोटाले जारी गरेको शोक वक्तव्य मार्फत माग गरिएको छ । 

प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३  २०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update