Kakhara सबैको खबर सम्पूर्ण खबर
भलिबल संघ रुकुम पश्चिमको अध्यक्षमा भीमप्रकाश 

भलिबल संघ रुकुम पश्चिमको नयाँ नेतृत्व चयन गरिएको छ । मंगलबार जिल्ला सदरमुकाममा भएको भेलाले संघको नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो । जिल्ला भलिबल संघका उपाध्यक्ष तेजविक्रम बिएमको अध्यक्षता तथा सामाजिक विकास कार्यालयका प्रमुख मितलेशकुमार यादवको रोहबरमा भएको भेलाले भीमप्रकाश विकको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

उपाध्यक्षमा गणेश शाही, सचिवमा प्रकाश विक र कोषाध्यक्षमा आदित्यकुमार मल्ल चयन हुनुभएको छ । सदस्यहरूमा भिमदत्त बुढाथोकी, धनमाया बोहरा, यदुकुमार आचार्य, तेजविक्रम बिएम, सुधीर शाह सर्वसम्मत निर्वाचित हुनुभएको छ । त्यस्तै शर्मिला परियार, यमन बाँठामगर, हरिमाया ओली र अस्मिता बाँठा मनोनीत हुनुभएको छ ।

भेलाले प्रदेश र केन्द्रीय प्रतिनिधि समेत छनोट गरेको छ । कर्णाली प्रदेश अधिवेशनका लागि यदुकुमार आचार्य र सुधीर शाह तथा केन्द्रीय प्रतिनिधि तेजविक्रम बिएमलाई छनोट गरेको नव निर्वाचित अध्यक्ष प्रकाश विकले जानकारी दिनुभयो । भेलामा जिल्लास्थित भलिबल खेलाडी तथा भलिबलप्रेमीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: बुधबार, असोज ७, २०८३  ०९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update