रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ कैलदेउमा भदौ पूर्णिमाको अवसरमा विविध कार्यक्रम आयोजना गरिएको छ । स्थानीय भदौ पूर्णिमाको अवसरमा कैलदेउ युथ क्लबले विविध कार्यक्रम आयोजना गरेको हो ।
महिला पुरुष रसाकसी, भाले तान्ने, सटफुट, घैटोफोर, खुला लोक नृत्य तथा स्थानीय झाँकी प्रदर्शनी, बोका कप खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको कैलदेउ युथ क्लबका अध्यक्ष यतकुमार बोहराले जानकारी दिनुभयो ।
महिला पुरुष रसाकसीको पुरस्कार समान ५ हजार, भाले तान्ने प्रतियोगिताको विजेताले रातो भाले, सटफुट र घैटोफोरको विजेतालाई समान १ हजार तथा भलिबलको विजेताले ४५ केजी भन्दा माथिको बोकाको व्यवस्था रहेको उहाँले बताउनुभयो ।
कार्यक्रम असोज ८ देखि १० गतेसम्म सञ्चालन हुने उहाँले जानकारी गराउनुभयो । कैलदेउमा भाद्र पूर्णिमाको अवसरमा हरेक वर्ष खेलकुद तथा साँस्कृतिक कार्यक्रमहरु आयोजना गर्ने गरिएको छ ।





