Kakhara सबैको खबर सम्पूर्ण खबर
छोराको जन्मदिनको अवसरमा विशाल र सिताद्वारा आश्रमलाई १५ हजार सहयोग 

रूकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ सल्लेका विशालराज भण्डारी र सीता गौतम भण्डारी दम्पतीले छोराको जन्मदिनको अवसरमा बुद्ध भूमि मानव सेवा आश्रमलाई आर्थिक सहयोग गर्नुभएको छ । छोरा पारस भण्डारीको १२ औँ जन्मदिनको अवसरमा उक्त दम्पतीले आश्रमलाई नगद १५ हजार सहयोग गर्नुभएको हो । 

आश्रममा आश्रित नागरिकको व्यवस्थापन तथा आश्रमको निर्माणाधीन भवनमा सहयोग पुगेस भनेर छोराको जन्मदिनमा हुने खर्चलाई घटाएर सहयोग गरेको आमा सीताले जानकारी दिनुभयो । मानव सेवा भावले वैदेशिक रोजगारीमा रहनुभएका श्रीमान् र आफ्नो सल्लाहमा छोराको जन्मदिनको अवसर पारी आश्रमलाई सहयोग गरेको उहाँको भनाई छ । 

उहाँहरूका तर्फबाट पत्रकार मनिष खड्काले आश्रममै पुगेर आश्रमका व्यवस्थापक भीमा खड्कालाई उक्त रकम हस्तान्तरण गर्नुभएको छ । छोराको जन्मदिन जस्तो पावन अवसरमा आश्रमलाई आर्थिक सहयोग गर्ने भण्डारी दम्पतीलाई आश्रम व्यवस्थापक खड्काले धन्यवाद ज्ञापन गर्नुभयो । 

आश्रममा रहेका व्यक्तिहरूको व्यवस्थापन तथा संस्थाको भवन निर्माणमा टेवा पुगोस् भनेर देश तथा विदेशमा रहेका सहयोगीहरूले विभिन्न अवसरमा आश्रमलाई सहयोग गरिरहेका छन् । जसले आश्रम सञ्चालनमा सहजता भएको बुद्ध भूमि मानव सेवा आश्रमले जनाएको छ ।।

प्रकाशित मिति: शनिबार, असोज १०, २०८३  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update