Kakhara सबैको खबर सम्पूर्ण खबर
पहलद्वारा प्लेयर अफ द म्याच बाढी पीडितलाई समर्पित, पुरस्कार कोषमा 

नेपाल भलिबल लिगको फ्रेन्चाइज टोली कर्णाली शिवराजका मार्की पहल गहतराजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका छन् । उनी शुक्रवार अन्नपूर्ण स्पाइकर किंग्स विरुद्धको खेलमा प्लेयर अफ द म्यान बनेका थिए । 

उक्त म्यान अफ द म्याचको उपाधि उनले भोटेकोसी बाढी पीडितका लागि समर्पित गरेका छन् । र आफूले पाएको पुरस्कार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने उनले घोषणा गरेका छन् । म्यान अफ द म्याच बापतको २० हजार रकम कोषमा जम्मा गर्न आयोजक समक्ष अनुरोध गरेको उनको भनाई छ । 

देश दुःखमा रहेको अवस्थामा आफूले सकेको सहयोग गर्न पाउँदा अत्यन्त खुसी रहेको उनले बताएका छन् । साथै उनले बाढीले पुर्‍याएको क्षति प्रति दुःख व्यक्त गरेका छन् भने दुःखको यस घडीमा सकेको सहयोग गर्न उनले सबैमा अनुरोध समेत गरेका छन् । 

कर्णाली शिवराज अन्नपूर्ण विरुद्ध ३–१ ले विजयी बनेको थियो । जुन खेलमा रुकुम पश्चिमका गहतराज म्यान अफ द म्याच बनेका थिए ।

प्रकाशित मिति: शनिबार, भदौ २०, २०८३  २१:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update