Kakhara सबैको खबर सम्पूर्ण खबर
बैंकिङ कसुर मुद्दाकी फरार प्रतिवादी पाँच लाख बिगोसहित पक्राउ
फाइल फोटो ।

रुकुम पश्चिममा बैंकिङ कसुर मुद्दामा फरार रहेकी मुसिकोट नगरपालिका–२ गुजिलडुङ्गाकी ३३ वर्षीया लक्ष्मी खड्कालाई प्रहरीले पक्राउ गरेको छ  । रुकुम जिल्ला अदालतले बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि फरार रहेकी खड्कालाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको प्रहरी टोलीले बिहीवार  साँझ खलंगा बजारबाट पक्राउ गरेको हो । पक्राउ परेकी खड्कामाथि ५ लाख रुपैयाँ बिगो रहेको  जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक झबिन्द्र परियारले जानकारी दिनुभयो ।

उहाँका अनुसार खड्कालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि  हिरासतमा राखिएको छ  । अनुसन्धानका लागि म्याद थप गर्न खड्कालाई आइतबार रुकुम जिल्ला अदालत  उपस्थित गराइने  उहाँले जानकारी दिनुभयो । गत जेठ २९ गते जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको थियो । यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

प्रकाशित मिति: शनिबार, असोज १०, २०८३  १२:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update