Top Navigation
शनिबार, माघ २१, २०७९ ११:३५:५८
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
शनिबार, माघ २१, २०७९ ११:३५:५८
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #साँख गाउँ
  • #पापिनी मेला
  • #पापिनी विवाह
  • #भलिबल
  • #साँख
  • #अर्गानिक
  • #दिवा खाजामा लापरवाही
Search Here
प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • Home
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • रुकुम पूर्वमा चुनाव खर्चः तेजबहादुरको झण्डै १९ लाख, धनबहादुरको १३ लाख
रुकुम पूर्वमा चुनाव खर्चः तेजबहादुरको झण्डै १९ लाख, धनबहादुरको १३ लाख अझै १२ जना उम्मेदवारले खर्च विवरण बुझाउन बाँकी ।
कखरा संवाददाता
कखरा संवाददाता सोमबार, मंसिर १९, २०७९
माया बेकरी माया बेकरी
निर्वाचन खर्च बुझाएका उम्मेदवारहरू ।

मंसिर ४ गते भएको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा रुकुम पूर्वबाट उम्मेदवार भएका ६ जनाले खर्च विवरण बुझाएका छन् । प्रतिनिधि सभाका ६ र प्रदेश सभाका १२ जना गरी कुल १८ जना उम्मेवार रहेकामा अहिलेसम्म ६ जनाले जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन खर्च बुझाएका हुन् । 

निर्वाचन खर्च बुझाउनेमा प्रतिनिधि सभाका ३ जना र प्रदेश सभाका तीन जना रहेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधि सभा तर्फ नेकपा एमालेका कैलाशकुमार मल्ल, राप्रपाका खिमबहादुर खत्री र नेश्नलिष्ट पिपल्स पार्टीका बलबहादुर बुढाले खर्च विवरण बुझाएका छन् । 

निर्वाचन कार्यालयमा वुझाएको खर्च विवरण अनुसार उनिहरु मध्य एमालेका मल्लको खर्च ३ लाख ८६ हजार ५ सय ८५ रुपैंया, राप्रपाका खत्रीको १ लाख २५ हजार ४० रुपैंया र नेश्नलिष्ट पिपल्सका बुढाको खर्च २ लाख ४६ हजार ४० रुपैंया जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी हर्कबहादुर शाहीले जानकारी दिनुभयो । 

त्यस्तै प्रदेश सभा तर्फ निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार तेजबहादुर ओलीले मात्र खर्च विवरण बुझाएको उहाँले बताउनुभयो । ओलीले कार्यालयमा बुझाएको विवरणमा उहाँको चुनाव खर्च १८ लाख ९५ हजार ७ सय १५ रुपैंया देखिएको सूचना अधिकारी शाहीको भनाई छ । यो क्षेत्रमा निर्वाचन आयोगले अधिकतम १९ लाख रुपैंयासम्म खर्च गर्न पाउने अधिकार दिएको थियो । 

प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ तर्फ दुई जनाले खर्च विवरण बुझाएका छन् । खर्च विवरण बुझाउनेमा नेपाली कांग्रेसबाट निर्वाचित धनबहादुर केसी र नेकपा एमालेका उम्मेदवार भावना बिसी रहनुभएको छ । निर्वाचनमा विजय हाँसिल गरेका केसीले आफ्नो चुनाव खर्च १३ लाख २ हजार ५ सय २७ रुपैंया ४२ पैसा रहेको विवरण बुझाएको निर्वाचन कार्यालयले जनाएको छ । 

एमालेकी उम्मेदवार बिसीले आफ्नो खर्च ३ लाख ६० हजार ४५ रुपैंया रहेको विवरण बुझाउनुभएको छ । निर्वाचन आयोगले रुकुम पूर्व प्रतिनिधि सभा तर्फ बढीमा २७ लाख र प्रदेश सभा तर्फ निर्वाचन क्षेत्र नम्बर १ मा १९ लाख तथा निर्वाचन क्षेत्र नम्बर २ मा १७ लाख रुपैंयासम्म खर्च गर्न पाउने अधिकार दिएको थियो ।  

बुझाउन बाँकी उम्मेदवार को को छन् ?
एक प्रतिनिधि र दुई प्रदेश सभा रहेको रुकुम पूर्वमा कुल १८ जना उम्मेदवार रहेकामा अब १२ जनाले खर्च विवरण बुझाउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालय रुकुम पूर्वले जनाएको छ । खर्च विवरण बुझाउन बाँकी मध्य प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्ति र प्रदेश सभा १ मा निर्वाचित स्वतन्त्र उम्मेदवार सुरुल पुन लगायत रहनुभएको छ । 

खर्च विवरण बुझाउ बाँकी अन्यमा प्रतिनिधि सभा तर्फ मंगोल नेशनल अर्गनाइजेशनका रतनबहादुर बुढा र स्वतन्त्र उम्मेदवार चन्द्रराज झाँक्री रहनुभएको छ । त्यस्तै प्रदेश सभा अन्तरगत निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका तेजेन्द्र बुढामगर, मंगोल नेशनल अर्गनाइजेशनका पुरा पुन र स्वतन्त्र उम्मेदवार दुतकुमार पुनमगर रहनुभएको छ । 

मुसिकाेट नगरपालिका

प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ मा मंगोल नेशनल अर्गनाइजेशनका लेखन बुढा, राप्रपाका केशवचन्द्र समाल, स्वतन्त्र उम्मेदवारहरु केशव रावल, नरहरी खड्का र पूर्णजंह सिंहले निर्वाचन खर्च विवरण बुझाउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी शाहीले बताउनुभयो । चुनाव लडेका उम्मेदवारले अन्तिम मत परिणाम सार्वजनिक भएको ३५ दिन भित्र चुनाव खर्च निर्वाचन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था छ ।

Karcha1670235973.jpg


प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९  १६:०९
चाैरजहारी चाैरजहारी
#निर्वाचन खर्च विवरण #रूकुम पूर्व #प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
सानीभेरी र रुकम पश्चिम भलिबल प्रशिक्षण केन्द्र फाइनलमा
सानीभेरी र रुकम पश्चिम भलिबल प्रशिक्षण केन्द्र फाइनलमा
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन
मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्