Kakhara सबैको खबर सम्पूर्ण खबर
यसरी गरियो बाख्राको अप्रेशन
बाख्राको अप्रेशन गर्दै प्राविधिक टोली ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ८ ज्याङनाका लक्ष्मण विकको बाख्रालाई तीन देखि सुत्केरी व्यथा लाग्यो । तर पाठो मरेकोले पाठेघरको घर खुल्न सकेन र बाख्राले बच्चालाई जन्म दिन सकेन । व्यथा लागेको तीन दिनसम्म पनि बाख्राले पाठो पाउन नसकेपछि विकले गाउँपालिकाको पशु शाखामा खबर गर्नुभयो । शाखाबाट पशु प्राविधिक प्रेम पुन र पशु जे.टि.ए. प्रेम ओलीको टोली पुग्यो । बाख्राको अवस्था हेरेपछि पाठो पेट भित्रै मरेको देखियो । सामान्य अवस्थामा उक्त पाठो बाहिर निकाल्ने अवस्था नदेखेपछि परिवारसंगको सल्लाहमा गाउँपालिका पशु शाखाबाट आएको टोलीले जाेखिम माेलेर भएपनि अप्रेशन गर्ने कुरा भयो । उक्त टोलीलाई गाउँमै रहनुभएका पशु जे.टि.ए. मानबहादुर खड्काले सघाउनुभयो ।

तीन जनाको टोलीले बाख्राको अप्रेशन सुरु गर्यो । करिब २ घण्टामा उक्त टोलीले अप्रेशन सकायो । बाख्राको पेट चिरेर मरेको पाठो निकालियो । अप्रेशन सफल रहेको गाउँपालिका पशु शाखाका पशु प्राविधिक प्रेम पुनले बताउनुभयो । ‘सामान्य अवस्थामा पाठो निकाल्ने अवस्था थिएन, पेट भित्रै पाठो मरेकोले पाठेघरको घर खुलेन, उहाँले भन्नुभयो–हामीले घर परिवारसंग सल्लाह गर्यौं, त्यसपछि अप्रेशन गर्ने कुरा भयो, करिब २ घण्टामा सफलता पूर्वक अप्रेशन सकियो ।’ बाख्राको स्वास्थ्य अवस्था अहिलेसम्म ठिक रहेको उहाँले बताउनुभयो । यसअघि पनि आफुले पटक पटक पेटमै पाठा मरेका बाख्रोको अप्रेशन गरेको उहाँको भनाई छ ।

तर सबै अप्रेशन सफल नहुँने उहाँले बताउनुभयो । पेटमै पाठा मरेपछि पाठेघरको घर नखुल्ने हुँदा सामान्य तरिकाले पेटमा रहेको बच्चा बाहिर निकाल्ने नसकिने अवस्था आएपछि अप्रेशन गर्नुपर्ने पशु प्राविधिक पुनले बताउनुभयो । अप्रेशनबाट उक्त बाख्रा बाँच्न सफल भएपनि अब उसले बच्चा भने जन्माउन नसक्ने पुनले बताउनुभयो । पेटमै पाठो मरेपछि पाठेघर ड्यामेज हुने भएकाले अव उक्त बाख्रो आमा बन्न नसक्ने उहाँले बताउनुभयो ।  

322232158_484034407178701_4104931265492953196_n1672115692.jpg

जिल्लामा छैन अप्रेशन सेवा 
पशु प्राविधिकहरुले बेला बेलामा परिवारको सहमतिमा जोखिम मोलेर पशुको अप्रेशन गर्ने गरेपनि जिल्लामा पशु अप्रेशनको सेवा भने छैन् । यसका लागि आवश्यक संरचना, जनशक्ति, उपकरण लगायतको कुनै सुविधा जिल्लामा नरहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमका प्रमुख ज्ञानुकुमार शर्माले जानकारी दिनुभयो । पछिल्लो समय जिल्लामा पशु पालनमा बृद्धि भइरहेको अवस्थामा पशु अप्रेशन सेवाको महत्व बढ्दै गएको भएपनि डाक्टर लगायतका जनशक्ति, पशु एम्बुलेन्स लगायतका संरचना, उपकरण लगायतको सुविधा नहुँदा जिल्लामा पशु अप्रेशन सेवा भरपर्दो नभएको उहाँको भनाई छ ।

पालिका स्तर र जिल्लामा रहेका प्राविधिकहरुले बच्चा जन्माउन अफ्ठेरो भएको अवस्थामा सहज बनाएर प्राकृतिक रुपमै बच्चा जन्माउने सेवा दिइरहेको प्रमुख शर्माको भनाई छ । तर अप्रेशन गर्ने अवस्था आयो भने भरपर्दो सेवा नरहेको उहाँले बताउनुभयो । 
 

प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९  १०:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update