Kakhara सबैको खबर सम्पूर्ण खबर
प्रेस सेन्टर नेपाल चौरजहारीको अध्यक्षमा राजेन्द्र चयन
नवनिर्वाचित कार्यसमिती ।

प्रेस सेन्टर नेपाल चौरजहारी रुकुम पश्चिमको दोस्रो अधिवेशन सम्पन्न भएको छ । आज चौरजहारीमा भएको दोस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । अधिवेशनले राजेन्द्र विककाे अध्यक्षतामा  ८ सदस्यीय नयाँ नगर समिति निर्माण गरिएको हो ।

जसको उपाध्यक्षमा अनिता विक, सचिवमा शक्ति बारघरी, सह सचिवमा सुवेच्छा पाेखरेल र कोषाध्यक्षमा लक्ष्मी घर्ती चयन हुनुभएको छ । सदस्यमा भूमिका पुनमगर, मनिषा डाँगी र राेशन ढकाल चयन हुनुभएको हो ।

नवनिर्वाचित अध्यक्ष विकको अध्यक्षता भएकाे कार्यक्रममा नेकपा माओवादी केन्द्र चाैरजहारी नगर  अध्यक्ष माेतीप्रसाद पाेखरेलकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । त्यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष गाेपालप्रसाद रेग्मी, प्रेस सेन्टर नेपालका जिल्ला अध्यक्ष मनिष खड्का, प्रेस सेन्टर नेपालका कर्णाली प्रदेश सदस्य रमिता खड्का, नेपाल पत्रकार महासंघका जिल्ला काेषाध्यक्ष सन्देश जैसी, प्रेस सेन्टरका जिल्ला काेषाध्यक्ष सुनिल थापा लगायतकाे पनि आतिथ्यता रहेकाे थियाे । कार्यक्रमकाे नवनिर्वाचित उपाध्यक्ष सञ्चालन अनिता बिकले गर्नुभएकाे थियाे ।

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update