मृत्यु
                                                        
                        
                
                                
                                    भलिबल खेलेर घर फर्किने क्रममा अजयको  भिरबाट लडेर मृत्यु
                            
                            
                                                        
                                                    
                                                            रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा एक जना युवाको भिरबाट लडेर मृत्यु भएको छ । वडा नम्बर १ का ३० वर्षीय अजय मल्लको गए राती भिरबाट लडेर मृत्यु भएको हो । रुकुम पूर्वको सिस्ने गाउँपालिकाबाट भलिबल खेलेर साथीसँग घर फर्किने क्रममा बाँफिकोट गाउँपालिका २ मुरापाखा डाँडाबाट लडेर मल्लको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ॠषि पाठकले जानकारी दिनुभयो ।
उहाँका अनुसार मल्ल १ सय मिटर तल खोल्सामा खसी घाइते भएको अवस्थामा उद्धार गरी बाँफिकोट २ मा रहेको प्राथमिक स्वास्थ्य चौकीमा उपचारको लागि ल्याएको थियो । सामान्य उपचार पश्चात् जिल्ला अस्पताल सल्ले पठाइएकामा चिकित्सकले मृत्यु घोषणा गरेका हुन ।
प्रकाशित मिति: शुक्रबार, साउन २, २०८२  ०९:०९
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

                                                
                                                
                                                
                                                
                    


-1759842583.jpg)