Kakhara सबैको खबर सम्पूर्ण खबर
नेविसंघ रुकुम पश्चिमले तोक्यो रुकुम पश्चिमका सबै पालिकामा विपत् पूर्व तयारी संयोजक

नेपाली काँग्रेसको विद्यार्थी सङ्गठन रुकुम पश्चिमले जिल्लाका सबै पालिकामा विपत् पूर्व तयारी संयोजक तोकेको छ । विशेष गरी मनसुनजन्य विपत्को पूर्व तयारीका लागि नेविसंघले जिल्लाका सबै ६ वटै पालिकामा संयोजक तोकेको हाे ।

मुसिकोट नगरपालिकाको संयोजकमा निर्मलजंग खड्‌का, बाँफिकोट गाउँपालिकाको संयोजकमा सुस्तम कुसारी, आठविसकोट नगरपालिकाको संयोजकमा नारायण शर्मा, त्रिवेणी गाउँपालिकाको संयोजकमा शेरबहादुर खड्‌का, चौरजहारी नगरपालिकाको संयोजकमा मदन कामी र सानीभेरी गाउँपालिकाको संयोजकमा प्रकाश वि.सी. रहनुभएको छ ।

संयोजकहरूले विपत् सम्बन्धी जनचेतना अभियान सञ्चालन, आपत्कालीन उद्धार र राहत समन्वय कार्यमा सक्रिय रहने, स्वयंसेवक कामदारहरूको व्यवस्थापन र तालिम र जिल्ला तथा पालिका तहसँग नियमित समन्वय गर्ने छन् । 

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update