Kakhara सबैको खबर सम्पूर्ण खबर
सिस्ने गाउँपालिकामा कार्यरत शाही आफ्नै कोठामा मृत फेला
मृतक शाही ।फाइल फोटो

रुकुम पूर्वको सिस्ने गाउँपालिकामा कार्यरत एक महिला कर्मचारी मृत भेटिएकी छिन । शनिबार दिउँसो आफ्नै घरको कोठामा सिस्ने ६ खोपिचारकि २३ वर्षीया कोइली शाही  झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन । शाही गाउँपालिकाको प्रशासन शाखामा कार्यरत  थिइन ।

शाहीको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल रुकुमकोट  ल्याएको र  पोष्टमार्टमपछि मात्रै सबै कुरा खुल्ने   जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असार २८, २०८२  १५:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update