
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले रुकुम पश्चिम सम्पर्क विभाग गठन गरेको छ । शनिवार काठमाडौँको पुतलीसडकमा विभाग गठन गरिएको हो ।
रुकुम पश्चिम घर भई काठमाडौँमा रहेकाहरूको भेलाबाट वीरबहादुर खड्का सभापति रहेको विभाग गठन गरिएको रास्वपा रुकुम पश्चिमका सभापति मानबहादुर शाहीले जानकारी दिनुभयो ।
विभागको उपसभापतिमा सिवता बोहरा, सचिवमा पदमबहादुर ददेल र कोषाध्यक्षमा अमिशा क्षेत्री चयन हुनुभएको छ ।
सदस्यहरूमा गणेश खत्री, तुलबहादुर थापा, विनोद गौतम, सञ्जय केसी, टेक केसी, रोशन परियार, कमल खड्का, लेखराज खड्का, काजी समसेर रिजाल, कमल खनाल, हिमाल खत्री, खेम थापा, विनोद केसी, विजय अधिकारी र प्रेम खड्का रहनुभएको छ ।
प्रकाशित मिति: शनिबार, असार १४, २०८२ २२:१६
प्रतिक्रिया दिनुहोस्