Kakhara सबैको खबर सम्पूर्ण खबर
प्रेस सेन्टर नेपाल आठविसकोट नगर अध्यक्षमा इतिहास परियार चयन 

प्रेस सेन्टर नेपाल आठविसको नगरपालिका रुकुम पश्चिमको तेस्रो नगर अधिवेशन सम्पन्न भएको छ । आज आठविसकोट नगरपालिकामा भएको तेसो नगर अधिवेशनले नयाँ नगर समिति निर्माण गरेको हो । नगर अधिवेशनबाट इतिहास परियारको अध्यक्षतामा ११ सदस्यीय नगर समिति निर्माण गरिएको छ ।

जसको उपाध्यक्षमा सुवास बटाला, सचिवमा सन्तोष केसी, सह सचिवमा रमेश केसी र कोषाध्यक्षमा विमला चन्द चयन हुनुभएको छ । सदस्यहरुमा भगवती थापा, गोविन्द बुढा, सन्तोश शिर्पाली, आशा विक चयन हुनुभएको छ । त्यस्तै रेश्मा विक, मणिकर्ण बुढा पनि सदस्यमा चयन हुनुभएको छ । सल्लाहकारमा महेश मल्ल चयन भएको प्रेश सेन्टरका जिल्ला अध्यक्ष मनिष खड्काले जानकारी दिनुभयो ।

प्रेस सेन्टर आठबिसकाेटका संयाेजक प्रेम कुसारीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेकपा माओवादी केन्द्रका आठबिसकाेट अध्यक्ष मणिराज बटालाकाे प्रमुख र नेपाल पत्रकार महासंघ रूकुु पश्चिमका अध्यक्ष गाेपालप्रसाद रेग्मीकाे विशेष आतिथ्यता रहेकाे थियाे । 

त्यस्तै कार्यक्रममा प्रेस सेन्टर नेपाल रूकुम पश्चिमका अध्यक्ष मनिष खड्का, प्रेस सेन्टरका नेता अर्जुन बिष्ट लगायतकाे पनि आतिथ्यता रहेकाे थियाे । कार्यक्रमकाे सञ्चालन प्रेस सेन्टर नेपालका जिल्ला सचिव सत्य बटालाले गर्नुभएकाे थियाे । 

ययअघि बाँफिकोट गाउँपालिका र मुसिकोट नगरपालिका पनि प्रेस सेन्टर पालिका अधिवेशन सम्पन्न भएर नयाँ नेतृत्व चयन भइसकेको  छ । अव जिल्लाका ३ स्थानीय तह सानीभेरी, त्रिवेणी गाउँपालिका तथा चौरजहारी  नगरपालिकामा नयाँ नेतृत्व चयन हुन बाँकी छ । 

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update