
रुकुम पश्चिममा टिप्परले स्कुटरलाई ठक्कर दिदा तीन जना घाइते भएका छन् । आज दिउँसो राप्ती राजमार्ग अन्तरर्गत पर्ने मुसिकोट नगरपालिका वडा नम्बर ११ स्याउली बजार नजिकै मदेश प्रदेश ०३००२ ख १८४७ नम्वरको टिप्पर र रा ८ प २१३३ नम्वरको स्कुटर एक आपसमा ठोकिदा स्कुटर चालकसिहत तीन जना घाइते भएका हुन् ।
घाईते हुनेहरुमा त्रिवेणी गाउँपालिका वडा नम्बर २ निवासी १७ वर्षीय स्कुटर चालक विज्ञान विक, स्कुटरको पछाडी बसेका सोही ठाउँका १६ वर्षीय जितु विक र १४ वर्षीय अर्जुन विक रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार घातेलाई उपचारको लागि जिल्ला अस्प्ताल सल्लेमा ल्याएको र अवस्वा सामान्य रहेको छ, । प्रहरीले टिप्पर चालक सल्यानको शारदा नगरपालिका ३ का ३८ वर्षीय पारसमणी नेपालीलाई नियन्त्रणमा लिएको जनाएको छ ।