Top Navigation
शनिबार, माघ २१, २०७९ ११:२९:०३
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
शनिबार, माघ २१, २०७९ ११:२९:०३
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #साँख गाउँ
  • #पापिनी मेला
  • #पापिनी विवाह
  • #भलिबल
  • #साँख
  • #अर्गानिक
  • #दिवा खाजामा लापरवाही
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रधानमन्त्री प्रचण्ड ‘जनयुद्ध’ कालमा बसेको चुनवाङको घर अहिले कस्तो छ ? (भिडिओ सहित)
प्रधानमन्त्री प्रचण्ड ‘जनयुद्ध’ कालमा बसेको चुनवाङको घर अहिले कस्तो छ ? (भिडिओ सहित) यही ठाउँमा २०६२ साल असोजमा बसेको तत्कालिन नेकपा माओवादीको केन्द्रीय समिति बैठकले शान्ति प्रक्रियामा जाने निर्णय गरेको थियो ।
कखरा संवाददाता
कखरा संवाददाता सोमबार, पुस १८, २०७९
माया बेकरी माया बेकरी

रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ९ चुनवाङको भेरिडाँडा । ‘जनयुद्ध’ कालिन चर्चित ठाउँ । यही ठाउँमा २०६२ साल असोजमा बसेको तत्कालिन नेकपा माओवादीको केन्द्रीय समिति बैठकले शान्ति प्रक्रियामा जाने निर्णय गरेको थियो । सोही कारण यो ठाउँलाई देश तथा विदेशमा समेत चिनाइदियो । यो बैठकबाट माओवादीले दुई नीति पास गरेको थियो । एउटा राजनीतिक निर्णय र अर्को फौजी लक्ष । राजनीतिक निर्णय अन्तर्गत दुई वटा निर्णय थिए । एउटा संविधान सभा र लोकतान्त्रिक गणतन्त्रको नाराका आधारमा मिल्न सकिने जति शक्तिसंग मिलेर राजतन्त्र विरोधी आन्दोलनलाई व्यापक र सशक्त तुल्याउन प्रयत्न गर्ने र अर्को आम विद्रोहको कुनै पनि सम्भावनालाई पकड्न वैचारिक राजनीतिक र सांठनिक तयारी बढाउन प्रयत्न गर्ने । त्यस्तै फौजी लक्ष तर्फ पनि दुई निर्णय गरेको थियो । पार्टी सत्ता, ज.व.स.का आम कार्यकर्ता र जनतालाई व्यापक फौजीकरण प्रयत्न गर्ने र जनमुक्ति सेनाको संरचनामा अर्को चार डिभिजन थप गर्ने लक्ष पूरा गर्न जोड लगाउने । 

IMG_06551672643560.JPG
केन्द्रीय समिति बैठकको क्रममा करिब आधा महिना प्रचण्ड बसेको चुनवाङ भेरिडाँडामा रहेको घर ।

बैठकका क्रममा यही ठाउँमा बसेका थिए तत्कालिन नेकपा माओवादीका सर्वोच्च कमाण्डर तथा हालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । ‘प्रचण्ड’ को सेल्टर भने यहाँ थिएन् । तर उहाँ बैठकका क्रममा यहाँ बस्नुभएको माओवादी नेताहरु बताउँछन् । करिब आधा महिना बसेको घर अहिलेपनि उस्तै छ । यो घरलाई राज्यले खरिद गरि संरक्षणको काम गरिरहेको छ । ढुंगाको छाना भएको पुरानो शैलीको घर अहिले रित्तो छ । मनै लोभ्याउने तरिकाले कुँदिएका झ्याल ढोका छन् । प्रवेशद्धारबाट भित्र छिर्ने वित्तिकै माथिल्लो पट्टी सुरुको ढोकामा प्रचण्ड बसेको घर लेखिएको छ । घर बन्द अवस्थामा छ । गाउँको विचमा एक्लो र शुन्य लाग्छ यो घर । छेवैमा छ चुनावाङ बैठक बसेको सानो घर । वर्षौको घाम पानीले जीर्ण बन्दै गएको घरलाई जस्ताको तस्तै राख्ने प्रयास गरिएको छ । पुरानो सानो घरको खरको छाना खस्दै गएको छ । लाग्छ अव यो घर बुढो भइसकेको छ । घरलाई माथिबाट ट्रस्ट राखेर जस्ता पाताको छानाले जोगाउने प्रयास भएको छ । 

IMG_06191672643552.JPG
माओवादीको चुनवाङ बैठकले गरेका निर्णय ।

प्रचण्ड बसेको र बैठक बसेको घरलाई जस्ताको तस्तै राख्ने मात्र नभई भित्र रहेका सरसामानहरु पनि सोही अनुसार संरक्षणको प्रयासका लागि यहाँ वर्षेनी ठूलो रकम खर्च भइरहेको छ । एकातिर संरचनाको संरक्षण र अर्को तर्फ युद्ध पर्यटन विकासका लागि भन्दै वर्षेनी रकम खर्च भइरहेपनि यो ठाउँ माओवादीबाटै उपेक्षामा परेको गुनासाहरु छन् । देशलाई यो व्यवस्थामा ल्याउने निर्णयको शंखघोष गरेको चुनवाङ हाल भने उपेक्षामा छ । माओवादीका सर्वोच्च कमाण्डर ३ पटक प्रधानमन्त्री हुँदा पनि एक पटक भन्दा यो ठाउँमा पुग्नुभएको छ । बैठक बसेको ११ वर्षपछि २०७३ सालमा प्रचण्ड चुनवाङ पुग्नुभएको थियो । 

IMG_06581672643561.JPG
माओवादीको चुनवाङ बैठक बसेको भेरिडाँडा गाउँ ।

माओवादी शान्ति प्रक्रियामा आएपछि पहिलोपटक २०६७/०६८ मा २५ लाख रुपैयाँ भेरीडाँडाको विकासका लागि भनेर छुट्याइएको थियो । उक्त रकमबाट बैठक हलसहितको घर र दाहाल बसेको घर खरिद गरिएको थियो । त्यसपछि पनि हालसम्म लगभग लगातार बजेट आइरहेको छ । हालसम्म आएको बजेट तारबार, वाल निर्माण, सिँढी निर्माण, प्रवेशद्धार, शौचालय, सडक निर्माण लगायतमा खर्च भइरहेको छ । अझै पनि भने अनुसारको काम हुन बाँकी रहेको यस क्षेत्रका प्रतिनिधि सभा सदस्य पूर्णबहादुर घर्ती बताउनुहुन्छ । ‘हामीले चुनवाङलाई समग्र रुपमा युद्ध पर्यटनका रुपमा विकास गर्न खोजेका छौं, उहाँले भन्नुभयो–अर्को कुरा प्रचण्ड बसेको र चुनवाङ बैठक बसेको घर तथा त्यहाँ भित्रका संरचनालाई जस्ताको जस्तै बचाउने प्रयासमा छौं ।’ 

मुसिकाेट नगरपालिका
IMG_06221672643555.JPG
माओवादीको चुनवाङ बैठक बसेको घर ।
IMG_06241672643555.JPG
बैठक हल ।
IMG_06451672643558.JPG
प्रचण्ड बसेकाे घर ।
IMG_06301672643558.JPG
 


प्रकाशित मिति: सोमबार, पुस १८, २०७९  १२:५३
चाैरजहारी चाैरजहारी
#चुनवाङ बैठक #प्रचण्ड बसेकाे घर #चुनवाङ #‘जनयुद्ध’
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन 
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन  बुधबार, पुस १३, २०७९
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?  
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?   मंगलबार, पुस ५, २०७९
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ? 
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ?  बुधबार, मंसिर २८, २०७९
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ 
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ  सोमबार, मंसिर २६, २०७९
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद 
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद  आइतबार, मंसिर २५, २०७९
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद शनिबार, मंसिर २४, २०७९
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद शनिबार, मंसिर २४, २०७९
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद शनिबार, मंसिर २४, २०७९
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम 
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम  बिहीबार, मंसिर २२, २०७९
लोकप्रिय
  • Week
  • Month
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
सानीभेरी र रुकम पश्चिम भलिबल प्रशिक्षण केन्द्र फाइनलमा
सानीभेरी र रुकम पश्चिम भलिबल प्रशिक्षण केन्द्र फाइनलमा
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन
मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्