Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमः नेकपाको एकता सन्देश सभा-प्रचण्ड र माधवले सम्बोधन गर्ने 
प्रचण्ड -माधन फाइल फोटो ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रुकुम पश्चिमको जिल्ला स्तरिय एकता सन्देश सभा आगामि पुष २६ गते शनिबार जिल्ला सदरमुकाम मुसिकोट खलंगामा आयोजना गरिएको छ । जिल्ला स्तरिय एकता सन्देश सभा कार्यक्रमलाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टीका सहसंयोजक माधवकुमार नेपालसहितका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । हिजो जिल्ला पार्टी कार्यालय मुसिकोट नगरपालिका ५ सेरिगाउँमा बसेको पार्टीको विस्तारित बैठकले जिल्ला स्तरिय एकता सन्देश सभा गर्ने सहित अन्य विभिन्न निर्णय गरेको साविक माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका सचिनले जानकारी दिनुभयो । 

उहाँका अनुसार बैठकले जिल्ला समन्वय समिति र पालिकाहरुमा स्थानीय तह दलको बैठक आयोजना गर्ने, पार्टी एकता र एकीकरणको सन्दर्भमा स्थानीय तह दलहरुको एकीकरण गर्ने दुवै पार्टीले संयूक्त निर्णय गरेको छ । त्यस्तै २०७९ सालको स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट उम्मेद्वार बनेर निर्वाचित जनप्रतिनिधिहरुको दलीय आवद्धता सनाखत गर्ने, पार्टी एकतामा सामेल भएका साविक नेकपा माओवादी केन्द्र र साविक नेकपा एकीकृत समाजवादीबिच आपसी सहमतिमा टोल र वडा कमिटीबाट संगठनात्मक एकीकरण सम्पन्न गर्दै जाने दुवै पार्र्टीको संयूक्त निर्णय भएको जिल्ला संयोजक रोकाले जानकारी दिनुभयो । 

नेकपा(माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) पार्टी विच एकता भएपपछि बुधबार जिल्लामा बसेकाे बैठक नेकपाको पहिलो बैठक समेत हो । साविक माओवादी केन्द्रका केन्द्रिय सदस्य बसन्तकुमार शर्माको अध्यक्षतामा भएको बैठकमा साविक नेकपा एकिकृत समाजवादीकी केन्द्रीय सदस्य देवि ओली, जिल्ला अध्यक्ष सुरज परियार, लगायत नेपाली कम्युनिस्ट पार्टीका अन्य तेता तथा कार्यकर्ताको उपस्थिथी रहेको थियो । 
 

प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update