Kakhara सबैको खबर सम्पूर्ण खबर
पुर्व जनमुक्ती सेनाको संयोजकमा सर्वजित तथा घाइते तथा अपाङ्गता योद्वाको संयोजकमा जयबहादुर चयन 

साविक नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले पुर्व जनमुक्ति सेना नेपाल र जनक्रान्तिका घाइते तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान गरेको छ । आज पार्टी कार्यालय मुसिकोट ५ सेरिगाउँमा रहेको सहिद प्रतिष्ठानको सभाहलमा एक कार्यक्रमको  आयोजना गरी फुलमाला लगाएर सम्मान गरेको हो । साथै जनमुक्ति सेना र जनक्रान्तिका घाइतेरुको  जिल्ला संगठन पनि निर्माण गरिएको छ । 

पुर्व जनमुक्ति सेना नेपाल र जनक्रान्तिका घाइते तथा अपाङ्गता योद्वा संगठन जिल्ला भेलाबाट सर्वजित घर्ती संयोजक रहेको पुर्व जनमुक्ति सेना नेपाल र जयबहादुर घर्ती संयोजक रहेको घाइते अपाङ्ग संगठन निर्माण गरिएको साविक माओवादी केन्द्र रुुकम पश्चिमले जनाएको छ । दुवै संगठनमा १५÷१५ जनाको सदस्य चयन गरिएको छ । सर्वजित संयोजक रहेको पुर्व जनमुक्ति सेना नेपालमा हर्कु मल्ल, हार्दिका परियार, सपना कार्की, कमान रोका, यामबहादुर शाह, धर्म पुन, प्रजित पुन, मानसिङ बुढा सदस्य रहनुभएको छ ।

त्यस्तै रामबहादुर बुढा, हर्कबहादुर विक, सुशिला शाही गोर्जे कामी, ओमप्रकाश बुढाथोकी र गनेश दाहाल पनि सदस्यमा चयन हुनुभएको छ । त्यसैगरी जयबहादुर संयोजक रहेको घाइते अपाङ्ग संगठनमा मैसर बुढा क्षेत्री, सौरभकुमार केसी, गोपाल केसी, जिवन प्रोखरेल, नन्दराम पुन, धर्मबहादुर केसी संकरलाल घर्ती अशोक डाँगी, रामबहादुर ओली सदस्यमा चयन हुनुभएको छ । त्यस्तै मनकला सिर्पाली, खड्कबहादुर थापा, नरबहादुर विक, प्रेमबहादुर पनु र रिता बाँठा सदस्यमा चयन हुनु भएको छ । कार्यक्रमा साविक नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताको उपस्थिती रहेकाे थियो । 
 

प्रकाशित मिति: सोमबार, मंसिर २२, २०८२  १८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update