रुकुम पश्चिमको मुसिकोट नगरपालिका १३ साधनचौरमा एक पुरुषको शव फेला परेको छ । आज विहान पहिचान नखुलेको अन्दाजी ५५/६० वर्ष जस्तो देखिने पुरुषको शव फेला परेको हो । उक्त व्यक्तिको भने पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो ।
शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्ताल सल्ले ल्याएको छ । आज विहान स्थानीयले शव देखिपछि प्रहरीलाई खबर गरेका थिए । खवर पश्चात प्रहरी चौकी छिवाङबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक भविन्द्र परियारको नेतृत्वमा ५ जनाको प्रहरी टोली समेत घटनास्थल पुगेको थियो । घटनाको बारेमा अनुसन्धान भइरहेको र उक्त व्यक्ति मुसिकोट नगरपालिका २ निवासी नरबहादुर खत्री रहेको स्थानीय आशंका गरेका छन् । आधिकारीक रुपमा भने पुष्टी हुन नसकेको प्रहरीले जनाएको छ ।



-1765202239.jpeg)

-1759842583.jpg)