Kakhara सबैको खबर सम्पूर्ण खबर
साविक माओवादी पार्टीले जनताको सेवा गर्न छोडेर पुजीपती र दलालको सेवा गर्यो: प्रलोपाका नेता शर्मा
प्रलोपाका नेता शर्मा

प्रगतिशिल लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक जनार्दन शर्माले साविक नेकपा (माओवादी केन्द) ले जनताको सेवा गर्न छोडेर पुजीपती र दलादवर्गको सेवा गरेको आरोप लगानुभएको छ । माओवादी केन्द्र विभानपछि पहिलो पटक गृहजिल्ला रुकुम पश्चिम आनुभएका शर्माले मुसिकोट १ खलंगामा पार्टीको बृहत युवा भेलालाई सम्बोधन गर्दै साविक माओवादी केन्द्र पार्टीले जनता र कार्यकर्ताको सेवा नगरी पुजीपती र दलाल वर्गको मात्रै सेवा गरेको बताउनुभएको हो । परिर्वतनको निरन्तर बाहक बनाउनुपर्ने पार्टी शान्ती प्रक्रियामा गएपछि पनि निरन्तर बाहक बन्न नसकेको  र पुजीपती र दलालको सेवामा सर्मपित भएको उहाँको भनाई छ ।

``जनता र कार्यकर्ताको पार्टी बनाउनुपर्छ भनेर १० /१५ वर्ष लडे, पार्टीको सुधारको लागि निरन्तर आवाज उठाए तर त्यसको बदलामा रुकुमलाई कमजोर पार्ने , हमला गर्ने र संगठनलाई फुटाउन खोजियो । किन भने तत्कालिन पार्टी बलियो बनाएर मात्र पार्टी बलियो बनाउन सकिन्छ भनेर मैले निरन्तर संघर्ष गरिरहेको थिए उहाँले भन्नुभयो ।´´स्वास्थ्य शिक्षा सुधारको कुरामा अन्य राजनितीक दलहरुले पनि व्यवास्था गरेको उहाँको भनाई छ । यसमा आफुपनि जिम्मेवार पदमा रहेकाले आफुले पनि आफ्नो भागमा पर्ने कमजोरीको जिम्मा लिन तयार रहेको बताउनुभयो ।

पार्टी नेतृत्वलाई सहिबाटोबाट जानुपर्छ भन्दा यसलाई बदलाभावको रुपमा लिईयो । तर पनि मईले निरन्तर संवाद गरे निरन्तर समस्या राख्दै आए जतिवेलासम्म माओवादी रहिराख्यो तर माओवादी छोडेर अर्को पाटीसँग समाहित भएपछि म तपाईको पछि जादैन तपाईलाई शुभकामना छ भनेर प्रचण्ड सँग विदाइ भएको हु उहाँले भन्नुभयो ।´´

आफू पार्टी छोडेर  कही नगएको र प्रचण्डले भ्रष्टाचारमा लिप्त भएका व्यक्तिसँग पार्टी एकता गरेपछी अन्तिम अवस्थासम्म पार्टी जोगाउन लागेको र अन्तिम अवस्थामा माओवादी पार्टी र चुनाव चिन्ह माग गर्दा निर्वाचन आयोगले नदिएपछि पार्टीको नाम र चुनाव चिन्ह नयाँ राख्नुपरेको उहाँको भनाइ छ ।

जिल्लामा आफ्नो विरुद्ध भ्रम छर्नेहरुपनि विस्तारै बुझदै  जाने र प्रलोपामा आउने उहाँको भनाई थियो ।आगामी दिनमा जनप्रतिधि रहेपनी नरहेपनि सधै रुकुमका जनताको साथमा रहने उहाँले बताउनुभयो ।प्रगतिशील लोकतान्त्रिक पार्टी  सुशासन र भ्रष्टाचारको विरुद्ध रहेको पनि उहाँले प्रष्ट पार्नुभएको थियो । प्रलोपा अरुलाई गाली गर्न नभएर राम्रो काम गर्नेको लागि स्थापना भएको पनि नेता शर्माको भनाइ थियो ।

प्रकाशित मिति: सोमबार, मंसिर २२, २०८२  २०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update