पुर्वमन्त्री तथा प्रगतिशिल लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक जनार्दन शर्मा ‘प्रभाकर’ लाई गृहजिल्ला रुकुम मश्चिममा स्वागत गरिएको छ । नेकपा माओवादी केन्द्र विभाजनपछि प्रगतिशिल अभियान हुँदै, प्रगतिशिल लोकतान्त्रिक पार्टीका संरक्षक समेत रहनुभएका नेता शर्मालाई आज सल्ले विमानस्थलमा स्वागत गरिएको हो । उहाँ प्रचण्ड नेतृत्वको नेकपा र शर्मा संरक्षक रहेको प्रगतिशिल लोकतान्त्रि पार्टी बनेपछि पहिलो पटक गृह जिल्ल्ला आउनुभएको हो ।
उहाँलाई प्रलोपाका कार्यकर्ताले विमानस्थलमा स्वागत गरेका थिए । भने नेपाली कम्युनिस्ट पार्टीका कार्यकर्ताले शर्मा विरुद्ध नाराबाजी गर्दै कालो भण्डा समेत देखाएका थिए । उहाँ सँगै आउनुभएका नेपाली काग्रेसका नेता पुर्वराज्य मन्त्री गाेपालजिजङ शाहलाई पनि स्वागत गरिएको थियो । भोली प्रलोमाको बृहत युवा भेलालाई शर्माले सम्बोधन गर्ने कार्यक्रम रहेको बताएको छ ।




-1759842583.jpg)