Kakhara सबैको खबर सम्पूर्ण खबर
नेपाली काँग्रेस पार्टी  सिमित व्यक्तिको मात्र भयो, युवालाई स्थान भएन: नेता आचार्य 

नेपाली काग्रेसका नेता शिव आचार्यले पार्टी भित्र युवा प्रतिभालाई स्थान नरहेको बताउनुभएको छ । आज खलंगामा पत्रकार सम्मेलनको आयोजना गरेर आफु आगामी फागुन २१ गते हुने प्रतिनिधी सभा सदस्य  निवार्चनमा उम्मेवार सिफारिस नभएकोमा पीडा नभएको बताउँदै सिमित व्यक्तिका कारण पार्टी भित्र युवा प्रतिभालाई स्थान नभएकाे गुनासो गर्नुभयो । उम्मेदवार बन्नको लागि इच्छा गरेका व्यक्तिलाई नसमेटेर बाइपास गरेको र इच्छा नभएका व्यक्तिलाई राष्ट्रिय सभा, प्रतिनिधी सभा तथा समानुपातिकमा उम्मेदवार सिफारिस गरेको उहाँले बताउनुभयो ।

सिमित व्यक्तिका कारण पार्टी जिल्ला कार्यसमितिका पदाधिकारी समेत उम्मेवादर सिफारिसमा असन्तुष्ट रहेको नेता आचार्यको भनाई छ । पार्टी भित्र  युवा प्रतिभालाई स्थान नरहेको र पार्टी भित्र गोपालजिजङ शाह, मानबहादुर नेपाली र प्रेमप्रकाश ओलीको मात्र पार्टी भएको जस्तो प्रवृति देखिएको उहाँले आरोप लगाउनुभएको छ ।

२०५६ सालदेखि यता चुनाव नजितेका शाह ८० वर्षको उमेर पुग्दा पनि उम्मेदवार बन्न नछाड्ने हो भने युवा  पुस्ताले कहिले स्थान पाउने  उहाँले प्रश्न गर्नुभयो । व्यक्तिगत महत्वकांक्षीका कारण पार्टी भित्र गोपालजिङ शाह, कृष्णबहादुर रोकाय, मानबहादुर नेपाली र प्रेमप्रकाश ओलीको सिन्डिकेट रहेको समेत नेता आचार्यले आरोप लगाउनुभएको छ । पार्टी भित्र चार जनाको लेनदेन मिलेपछि अरुको कुरा नै नसुन्ने प्रवृति रहेको समेत उहाँले बताउनुभयाे। उम्मेदवार सिफारिसमा विधि पद्धती विपरित भएपछि नेपाली काँग्रेसका नेता आचार्य र नेता राजु केसीले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्नुभएको हो । उहाँ दुवै जना प्रतिनिधी सभा सदस्य पदमा उम्मेदवारको रुपमा  आकांक्षी हुनुहुन्थो । 

हिजो मात्र नेपाली काग्रेस जिल्ला कार्यसमितिले आगामि माघ ११ गते हुने राष्ट्रिय  सभा र फागुन २१ गते हुने प्रतिनिधी सभाको निर्वाचनकाे लागि उम्मेवार प्रदेश समितिलाई सिफारिस गरेको थियो । जसमा प्रतिनिधी सभा प्रत्यक्षतर्फ जिल्ला सभापती प्रेमप्रकाश ओली, पुर्व राज्यमन्त्री गोपालजिङ शाह र महासमिति सदस्य लेखमाया केसी तथा समानुपातिकतर्फ  केन्द्रिय सदस्य मानबहादुर नेपाली र महासमिति सदस्य मनिषा रोकाय भण्डारीको नाम सिफारिस हुँदा राष्ट्रिय सभाको लागि विरबहादुर ओलीको नाम सिफारिस गरिएको थियो । 

प्रकाशित मिति: मंगलबार, पुस १, २०८२  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update