फोहोर मैला आजको विश्वमा ज्वलन्त विषय भएको छ।विश्वमा वार्षिक फोहर उत्पादन दर करिब २.२४ बिलियन टन भन्दा बढी देखिन्छ । सन् २०५० सम्म पुग्दा यसको अवस्था वृद्धि भएर वार्षिक उत्पादन करिब ३.८ बिलियन टन पुग्ने अनुमान गर्न सकिन्छ। आजको अवस्थालाई हेर्दा विकसित देशहरूले ठोस फोहोर मैला विभिन्न तरिकाले गरेको पाइन्छ। उनीहरूको आफ्नै मोडेल हुने गर्दछन् । Developed countries manage solid waste through a combination of strategies including the 3 Rs (reduce, reuse, recycle), advanced infrastructure like modern landfills and incinerators, and policies that promote resource recovery and circular economy principle मा आधारित हुन्छन् तर हाम्रो जस्तो विकासोन्मुख देशमा यस्ता प्रविधि तथा विधिहरू लागु गर्न कठिनाइ देखिन्छ। त्यसमा विभिन्न कारक तत्त्वहरूले असर गर्छन् । नेपालमा पनि फोहोर मैला व्यवस्थापनको लागि विभिन्न ऐन, नियम, कानुन निर्माण नभएका होइनन् तर विडम्बनाको कुरा त यो हो कि सबै कागजमा मात्र सीमित भए। न यसलाई हेर्ने निकाय बलियो भयो नत कानुन निर्माता बलियो, दुवै पक्ष कमजोर देखिदा फोहोर मैला व्यवस्थापनमा कठिनाइ उत्पन्न भएको छ । नेपालको राजधानी काठमाडौँ समेत यस्ता समस्याबाट गुज्रिरहेको छ। यसलाई हामीले जति सानो कुरा हो भन्ने बुझ्छौ त्यति नै विकराल रूपमा परिवर्तन हुने देखिन्छ। वास्तवमा यो एक युगान्तरमा ठुलो जटिल समस्या हो । नेपालमा प्राय जसो उत्पादन हुने जैविक फोहोर मैला भएकाले यसलाई सजिलै व्यवस्थापन गर्न सकिन्छ । करिब (५०-६०)% जैविक फोहोर मैला उत्पादन हुने भएकाले आफ्नै घर दैलोमा यसलाई व्यवस्थापन गर्न सकिन्छ ।
ठोस फोहोर मैला व्यवस्थापनका विधिहरू
सहर तथा नगर क्षेत्रमा घर, बजार, पसल, कार्यालय, स्कुल-कलेज, अस्पताल, पार्क र सडक आदिबाट उत्पन्न हुने फोहोरलाई सजिलै वर्गीकरण गर्न सकिन्छ ।
१) फोहर उत्पादन न्यूनीकरण (Waste Minimization / Reduce at Source)
फोहरलाई उत्पन्न हुने ठाउँमै कम गर्ने विधि ।
कसरी गर्ने ?
एकै पटक प्रयोग हुने (Single Use) प्लास्टिक नचलाउने,
थोरै प्याकेजिङ भएको सामान खरिद गर्ने,
टिकाउ र पुनः प्रयोग गर्न मिल्ने सामग्री प्रयोग गर्ने,
लक्ष्य: घर र बजारबाट निस्कने फोहरको मात्रा घटाउने।
२) स्रोतमै फोहर छनोट (Source Segregation)
फोहरलाई घरमै छुट्टाएर राख्ने प्रक्रिया ।
यस विधिमा आफ्नो घर जुन कुरा छ त्यसैलाई प्रयोग गर्न सकिन्छ ।
यस विधिमा आफ्नो घर जुन कुरा छ त्यसैलाई प्रयोग गर्न सकिन्छ ।
|
डब्बाको रङ्ग |
फोहरको प्रकार |
उदाहरण |
|
हरियो डब्बा |
जैविक/ कुहिने फोहर |
भान्साको फोहोर, तरकारी, बाँकी खाने कुरा |
|
निलो डब्बा |
पुनः प्रयोग योग्य |
कागज, प्लास्टिक, काँच, धातु |
|
रातो/ पहेँलो डब्बा |
हानिकारक / मेडिकल |
ब्याट्री, औषधि, स्यानिटरी प्याड, सिरिन्ज |
- यसले कम्पोस्ट र रिसाइकल दुवैलाई सजिलो बनाउँछ ।
३) घर–घरबाट फोहर सङ्कलन (Door-to-Door Collection)
नगरपालिकाले फोहर सङ्कलन गर्ने गाडी, रिक्सा, ट्राइसिकल वा ट्रक प्रयोग गरी नियमित समय तालिका अनुसार फोहर उठाउने।
- फोहर ढाकिएको गाडीमा लैजानुपर्छ ।
- ट्र्याकिङ र बिलिङ डिजिटल प्रणाली अपनाउन सकिन्छ ।
यसले सडकमा फोहर थुप्रिनबाट रोक्नुका साथै सरुवा रोगको महामारीलाई समेत न्यूनीकरण गर्न सकिन्छ ।
४) फोहर स्थानान्तरण तथा ढुवानी (Transfer and Transport)
सङ्कलित फोहरलाई ट्रान्सफर स्टेसनमा लैजाने, ठुलो ट्रकमा राखेर अन्तिम स्थानतर्फ पठाइन्छ।
- यातायात खर्च कम हुन्छ ।
- सहरभित्र फोहर फिँजिने सम्भावना घट्छ ।
५) सामग्री पुनः प्राप्ति केन्द्र (Material Recovery Facility - MRF)
यहाँ फोहरलाई पुनः प्रयोग योग्य (Recyclable) र अप्रयोग्य भागमा छानिन्छ । यसले सबै प्रकृतिका फोहोरको विभाजन गर्न सकिन्छ, जसले गर्दा फोहोर व्यवस्थापन गर्न सजिलो बनाउँछ ।
के-के पुनः प्राप्ति हुन्छ?
प्लास्टिक
कागज
काँच
धातु
यसले ल्यान्डफिल साइटमा जाने फोहरको मात्रा धेरै कम गर्छ ।
६) जैविक फोहर उपचार (Organic Waste Treatment)
सहरमा ४०–७०% फोहोर कुहिने हुने भएकाले यसको व्यवस्थापन अत्यन्त आवश्यक हुन्छ।यसलाई व्यवस्थापन गर्न निम्न बमोजिम सकिन्छ ।
क) कम्पोस्टिंग (Composting)
यस प्रविधिमा जैविक फोहोर मैलालाई जैविक मलका रूपमा परिवर्तन गर्न सकिन्छ।यस विधिले घर दैलोमा उत्पादन हुने जैविक फोहोर मैला न्यूनीकरण गर्न मद्दत पुग्दछ ।
जैविक फोहोर → जैविक मल (Compost)
घरमै कम्पोस्ट
सामुदायिक कम्पोस्ट
वर्मी-कम्पोस्ट (किराको मल)
ख) बायो ग्यास उत्पादन (Anaerobic Digestion)
जैविक फोहर→ ग्यास + जैविक मल (slurry)
ग्यास खाना पकाउन वा बिजुली उत्पादनमा उपयोग गर्न सकिन्छ ।
७) फोहरबाट ऊर्जा उत्पादन (Waste-to-Energy)
नकुहिने र पुनः प्रयोग गर्न नसकिने फोहरबाट इन्धन वा बिजुली उत्पादन गर्ने ।
| विधि |
उत्पादन |
|
Incineration(जलाउने प्रविधि) |
ताप र बिजुली |
|
RDF(Refuse Derived Fuel ) |
कोइला जस्तो इन्धन |
|
Pyrolysis / Gasification |
तेल तथा ग्यास |
ठुलो मात्रामा फोहर उत्पादन हुने सहरमा उपयुक्त ।
८) वैज्ञानिक ल्यान्डफिल साइट (Sanitary Landfill)
रिसाइकल, कम्पोस्ट, बायो ग्यास आदि पछि बाँकी अन्तिम फोहर मात्र यसमा फालिन्छ।
विशेषता:
- प्लास्टिक लाइन र (भू–जल प्रदूषण रोकथाम)
- Leachate Management System
- Methane Gas Vent System
ल्यान्डफिल-अन्तिम विकल्प ।
यसरी ठोस फोहोर मैला व्यवस्थापन गर्न तर्फ जोड दिँदा दीर्घकालीन ठोस फोहोर मैला व्यवस्थापनमा टेवा पुग्ने गर्दछ ।
हाम्रो स्थानीय तहको सन्दर्भ हेर्दा
क) फोहोरको डंगुरमा रुमलिएका बालबालिका
मुसिकोट नगरपालिका वार्ड न. २ मा रहेको landfill side मा रुमलिएका बालबालिकाको वास्तविक कथा हो । यस क्षेत्रमा मुसिकोट नगरपालिकाले मुख्य बजार क्षेत्र खलङ्गा,सल्ले, सेरिगाउ, सितलपोखरी तथा जिल्ला अस्पताल सल्लेको फोहोर मैला विसर्जन गर्ने गरिन्छ। यस क्षेत्रमा रहेको खुल्ला अवस्थामा रहेको फोहोर मैला विसर्जन क्षेत्रको विरोध नभएको होइन तर स्थानीय सरकार मौन देखिन्छ। यसरी खुल्ला रूपमा फोहोर मैला विसर्जन गर्नु कानुन सम्मत होला कि नहोला मेरो प्रश्न स्थानीय सरोकारवालाहरूलाई ? यस फोहोरको डंगुरमा स्थानीय बासीका बालबालिका दिनानुदिन खेलिरहेका देखिन्छ तथा साथै उक्त फोहोर मैलामा खाने कुरा, खेलाउने कुरा खोजिरहेको देखिन्छ। ती बालबालिकालाई सुरक्षा कसले प्रदान गर्ने नगर फोहोर व्यवस्थापन समितिको भूमिका यही हो ? सबै भन्दा ठुलो समस्या त अस्पतालको फोहोर नगरपालिकाको फोहोर सँग मिलाउन पाइँदैन ।
अस्पतालको फोहोर उत्पादन तथा विसर्जन अस्पताल भित्र गरिनु पर्छ।यदि स्थानीय तहको फोहोर सङ्कलन तथा विसर्जन केन्द्रमा विसर्जन गर्नु परेमा तोकिएका प्रविधिहरूबाट उपचार गरे पश्चात् साधारण फोहोर मैलालाई स्थानीय तहको सङ्कलन तथा व्यवस्थापन प्रणालीमा एकीकृत रूपमा विसर्जन गर्ने वा पुन चक्रीय गर्न मिल्ने असंक्रमित सामग्रीहरूलाई पुन चक्रीय प्रणालीमा लैजाने गर्नु पर्नेछ । अस्पतालको फोहोर मैला बिना परिक्षीण यस क्षेत्रमा विसर्जन गर्न बन्द गरिनु पर्दछ। यस खुला फोहोर व्यवस्थापन क्षेत्रबाट उत्पन्न हुने समस्याको जिम्मा कसले लिने स्थानीयवासी वा स्थानीय सरकार, यसलाई बेलैमा ध्यान दिने काम गरोस् स्थानीय सरकार तथा नगर फोहोर व्यवस्थापन इकाईले। फोहोर मैला यसरी खुल्ला रूपमा विसर्जन गर्न पाइँदैन त्यो कुरा पनि बुझ्न जरुरी छ।फोहोर मैला विसर्जनका आफ्नै मापदण्ड हुने गर्दछन् । यदि खुल्ला रूपमा फोहोर मैला विसर्जन गर्ने हो भने त्यसलाई डम्पिङ्ग गरिनु पर्छ, खुला रूपमा छोड्न पाइँदैन।आफैमा कानुन विपरीत निर्माण भएको यस क्षेत्र खुला छोड्दा स्थानीय बासीलाई पर्ने असरको बारेमा कसले जिम्मा लिने । फोहोर मैला विसर्जन क्षेत्र निर्माण गर्दा कानुन सम्मत तथा ऐन, नियमले तोकेका दायरा भित्र रहेर निर्माण गरिनु पर्छ, त्यो स्थानीय सरकारले गरेको पाइँदैन । आफैमा यो फोहोर मैला विसर्जन क्षेत्र गैरकानुनी रूपमा सञ्चालनमा आइरहेको छ । यस क्षेत्रमा स्थानीयवासीको पैदल यात्रा गर्दा धेरै समस्या भोग्ने गरेको गुनासो आउने गर्दछ । यस क्षेत्र नजिक रहेका बस्तीहरू सल्ले, गुजेलढुंगा, रातामाटा हुन साथै सल्ले-कैल्देउ र सल्ले सिस्ने खोला जोड्ने सडक सँगै जोडिएको छ । स्थानीय बस्तीका अभिभावकले पनि हाम्रा बालबालिका के गरिरहेका छन् भन्ने कुरा ध्यान दिन जरुरी छ । यस फोहोर मैला विसर्जन क्षेत्रलाई तत्काल सुधार गर्नु पर्ने देखिन्छ साथै बालबालिका यस्ता क्षेत्र देखि टाढा राख्न जरुरी देखिन्छ ।
ख) लगानी करोडौँ उपलब्धि शून्य
मुसिकोट नगरपालिका वार्ड न. १ निपानेमा निर्माणाधीन फोहोर मैला विसर्जन क्षेत्रको हो। यस्ता क्षेत्रमा स्थानीय सरकार चुक्नु लज्जास्पद कुरा हो।फोहोर मैला विसर्जन क्षेत्र निर्माण गर्दा वातावरणीय परीक्षण गरिनु पर्दछ, जो गरेको पाइँदैन सरासर कानुन विपरीत निर्माण हुँदै छ। स्थानीय सरकारले लगानी करोडौँ गर्दा पनि उपलब्धि शून्य देखिन्छ। यदि आउने दिनमा करोडौँ लगानी गरेर निर्माण भएछ भने पनि त्यो दीर्घकालीन उपलब्धि हुनेवाला छैन किनकि आफैमा त्यो भौगोलिक हिसाबले सुरक्षित क्षेत्र मानिँदैन। मुनितिर बाट सानो भेरी, करिब १००० मिटर नजिक बाँफिकोट गाउँपालिकाको अस्पताल निर्माण भइरहेको , उक्त फोहोर मैला विसर्जन क्षेत्र भिरालो जमिनमा निर्माण हुन लागेको, ५०० मिटर माथि विद्यालय रहेको, निर्माणाधीन क्षेत्र वरिपरि स्थानीय बस्ती रहेको र ५० मिटर भित्र सोलाबाङ्ग -धाउने सडक खण्ड रहेको साथै स्थानीय बासीको जीविकोपार्जनको लागि दैनिकी घाँस दाउरा सङ्कलन गर्ने क्षेत्र नजिक यस्ता संवेदनशील अवस्थामा पनि निर्माणको लागि स्वीकृत दिनु स्थानीय तहले कानुन विपरीत काम गरेको देखिन्छ।यदि स्थानीय तहबाट दिगो विकासका आयोजना गर्ने हो भने तत्काल यसको सही मूल्याङ्कन गरी निर्माण कार्य अगाडी बढाउनु पर्ने देखिन्छ । कुनै पनि आयोजना निर्माण गर्दा स्थलगत अध्ययन तथा सार्वजनिक सुनुवाइ भएको हुनु पर्दछ ।
स्थानीयवासीको मन्जुरीबिना आयोजना गर्न निर्माण गर्न पाइँदैन। अर्को कुरा गाउँमा कालो पत्रे बाटो आउँछ भन्दैमा मोहोर सँग फोहोर साट्नु त भएन नि । गाउँ विकसित हुनु र संवेदनशील क्षेत्र निर्माण हुनु फरक पाटो हुन। गाउँ विकसित सँग यस्ता कुरा साट्नु राम्रो होइन भोलिका दिनमा यसले पार्ने नकारात्मक असरलाई कसैले पूर्ण बिराम लाउन सक्दैन।सडक कालो पत्रे गरिदिन्छौ जस्ता प्रलोभनका कुरा आयो भने यस भित्र धेरै स्वार्थ लुकेको हुन्छ भन्ने कुरा बुझ्न जरुरी देखिन्छ। गाउँमा दिगो विकासका कार्य हुनु राम्रो पक्ष हो तर यसरी सतही हुनु राम्रो होइन । यदि गाउँमा कुनै आयोजना निर्माण हुँदै छन् भने भित्री अवस्था बुझ्न जरुरी देखिन्छ । गाउँका युवा वर्गहरू जागृत हुन जरुरी देखिन्छ । त्यसैले यो फोहोर मैला विसर्जन क्षेत्र निर्माणको लागि तत्काल बन्द गरी कानुन सम्बद्ध निर्माण गरिनु पर्छ ।
ठोस फोहोर मैला सही तरिकाले विसर्जन नगर्दा आउने तत्कालीन, मध्यकालीन र दीर्घकालीन समस्याहरू
१) तत्कालीन समस्याहरू (Short-term /Immediate Problems)
यी समस्या फोहर थुप्रिएपछि छिट्टै देखिने असरहरू हुन् ।
|
समस्या |
विवरण |
|
दुर्गन्ध (Bad Smell) |
फोहर कुहिँदा गन्ध फैलिन्छ र वरिपरि बस्ने/चल्ने मान्छे प्रभावित हुन्छन् । |
|
कीटाणु, जीवाणु र किराको वृद्धि |
माछा, मुसा, मक्खी, कुकुर आदि बढेर रोग फैलाउन सक्छन् । |
|
पानी-बोके फोहर सडकमा छरपस्ट |
सडक, नाली, बजार अव्यवस्थित र अ स्वच्छ देखिन्छ । |
|
नाली अवरुद्ध (Drain Blockage) |
प्लास्टिक जाम भएर बाढी र पानी जम्ने समस्या हुन्छ । |
|
जन स्वास्थ्यमा तुरुन्त असर |
चर्म रोग, दानाजस्ता, पेटका रोग, फुड प्वाइजनिङ हुने । |
निष्कर्ष: तत्कालीन समस्या स्वच्छता र स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित हुन्छन् ।
२) मध्यकालीन समस्याहरू (Medium-term Problems)
यी समस्या केही महिना देखि केही वर्षको अन्तरालमा देखा पर्छन्।
|
समस्या |
विवरण |
|
जल स्रोत प्रदूषण |
फोहरबाट निस्कने लेचेट (काला झोल पदार्थ) नदी, कुलो, कुवा, भूमिगत पानीमा मिसिन्छ। |
|
हात-मुहान तथा खाने पानी दूषित |
हैजा, पिलिया, टाइफाइड, झाडापखाला जस्ता रोग फैलिन्छन्। |
|
वायु प्रदूषण |
फोहर जलाउँदा उत्पन्न धुवाँले श्वासप्रश्वास रोग उत्पन्न गर्छ। |
|
माटोको उर्वराशक्ति घट्ने |
प्लास्टिक र रासायनिक पदार्थ मिसिँदा माटो कठोर र बाँझो बन्छ। |
|
पर्यटन क्षेत्रमा असर |
सहर/नगर अ स्वच्छ देखिँदा पर्यटक आकर्षण घट्छ। |
निष्कर्ष: मध्यकालीन समस्या पानी, माटो, हावा र स्वास्थ्यमा गहिरो प्रभाव पार्छ ।
३) दीर्घकालीन समस्याहरू (Long-term / Chronic Problems)
यी समस्या धेरै वर्षको दिगो असर छन् ।
|
समस्या |
विवरण |
|
भूमिगत पानी स्थायी रूपमा प्रदूषित |
नगरको बालुवा तहमा रसायन र लेचेट लम्बे समयसम्म बस्छ। |
|
क्यान्सर र श्वासप्रश्वास सम्बन्धी रोग |
डाइअक्सिन/फुरान जस्ता विषाक्त रसायन शरीरमा प्रवेश गर्छन्। |
|
जलवायु परिवर्तनमा योगदान (Methane Gas Emission) |
फोहर कुहिँदा निस्कने मिथेन ग्यास हरित गृह ग्यास हो। |
|
जैविक विविधतामा कमी (Biodiversity Loss) |
नदी, माटो, वनस्पति र जनावर–पक्षीको प्रजाति नष्ट हुन थाल्छ। |
|
जग्गा र आवास क्षेत्र असुरक्षित बन्दै जानु |
ल्यान्डफिल वरपर बसोबास गर्न असुरक्षा तथा मूल्य गिरावट। |
निष्कर्ष: दीर्घकालीन समस्या पर्यावरण, जीवजन्तु, स्वास्थ्य र जलवायुसँग सम्बन्धित हुन्छ ।
लेखकले पोखरा विश्वविद्यालयबाट वातावरण विज्ञान र व्यवस्थापन विषयममा स्नातकोत्तर गर्नुभएकाे छ ।




-1759842583.jpg)