Top Navigation
मंगलबार, चैत ७, २०७९ १२:२९:४७
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
मंगलबार, चैत ७, २०७९ १२:२९:४७
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पल शाह
  • #स्ववियु निर्वाचन
Search Here
समाज
  • Home
  • समाज
  • मर्यादित रुपमा होली पर्व मनाउनुहोसः रुकुम पश्चिम प्रहरी 
मर्यादित रुपमा होली पर्व मनाउनुहोसः रुकुम पश्चिम प्रहरी 
बलेन्द्र ओली
बलेन्द्र ओली आइतबार, फागुन २१, २०७९

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले फागु पूर्णीमा अर्थात होली पर्व सभ्य र मर्यादित तरिकाले मनाउन अनुरोध गरेको छ । एक सूचना जारी गर्दै प्रहरीले मर्यादित रुपमा होली पर्व मनाउन जिल्लावासीलाई अनुरोध गरेको हो । 

होली पर्वको अवसरमा शुभकामना ब्यक्त गर्दै होलीमा हुनसक्ने संभावित घटनाप्रति सजग र सतर्क भई आफु र अन्य ब्यक्तिहरुको सुरक्षाको ख्याल राख्न जिल्ला प्रहरी कार्यालयले अनुरोध गरेको छ ।

होली पर्व मनाउँदा सामाजिक सद्धभाव कायम राख्न, आत्मिय सम्बन्ध, नजिक भएका व्यक्ति वा आफन्तसंग मात्र होली खेल्न, लुटपाट, स्न्याचिङ, चोरी, पकेटमारी जस्ता गतिविधिहरु प्रति सचेत रहन पनि जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराइले आग्रह गर्नुभएको छ । 

महिला बालबालिका जेष्ठ नागरिक र अशक्त व्यक्तिको सम्मान गर्न,  होली खेल्ने क्रममा महिला हिंसा तथा दुव्र्यवहार हुन सक्ने हुँदा सचेत हुन, मादक पदार्थ सेवन गरी रङ दल्ने जस्ता क्रियाकलाप नगर्न, कुनै पनि व्यक्तिको इच्छा बिपरित रङ दल्ने, पानी छ्याप्ने, लोला हाल्ने र होली खेल्न बाध्य नबनाउन, छाला र आँखामा असर गर्ने खालका केमिकल रङको प्रयोग नगर्न पनि प्रहरीले सचेत गराएको छ । 

त्यस्तै होली पर्व मनाउने क्रममा जुवा तास, लंगुर बुर्जा जस्ता सट्टा बाजी राखेर खेलिने कुनैपनि खेलहरु नखेल्न, झै झगडा गर्ने, जातीय, धार्मिक एवं साँस्कृतिक द्धन्द फैलाउने र उच्छृङखल गतिबिधिहरु नगर्न पनि प्रहरीले जिल्लावासीलाई अनुरोध गरेको छ । 

महाेत्सव

होली पर्व मनाउदा कुनै पनि अपराधिक क्रियाकलाप भएमा प्रहरी कन्ट्रोल रुम  १००, ०८८–५३०१८७, ९८५७८९०५५० नम्बरहरुमा सम्पर्क गर्न समेत जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले सबैमा अनुरोध गरेको छ ।


प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  १६:३८
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
पल शाहलाई हेर्न रुकुम पश्चिममा मानव ‘सागर’ उर्लियो (भिडिओ सहित)
पल शाहलाई हेर्न रुकुम पश्चिममा मानव ‘सागर’ उर्लियो (भिडिओ सहित)
जेल मुक्त भएपछि पल शाह पहिलो पटक आज रुकुम महोत्सवमा आउँदै  
जेल मुक्त भएपछि पल शाह पहिलो पटक आज रुकुम महोत्सवमा आउँदै  
रुकुम महोत्सवमा मंगलबार ज्योती मगर आउने 
रुकुम महोत्सवमा मंगलबार ज्योती मगर आउने 
ज्याेती मगरलाई हेर्न खचाखच दर्शक !
ज्याेती मगरलाई हेर्न खचाखच दर्शक !
रूकुम महाेत्सवमा बुधबार पल शाह आउने
रूकुम महाेत्सवमा बुधबार पल शाह आउने
मुसिकोट ३ का लोकबहादुर चैत्र १ देखि वेपत्ता 
मुसिकोट ३ का लोकबहादुर चैत्र १ देखि वेपत्ता 
रुकुम महोत्सवमा आज एलिना चौहानको प्रस्तुति रहने 
रुकुम महोत्सवमा आज एलिना चौहानको प्रस्तुति रहने 
स्ववियु निर्वाचनः रुकुम पश्चिमका तीन क्याम्पसमा मतदान, मत गणना सुरु
स्ववियु निर्वाचनः रुकुम पश्चिमका तीन क्याम्पसमा मतदान, मत गणना सुरु
एलिना चौहानलाई हेर्न झरीका विच पनि मान्छे ओइरिए (भिडिओ सहित)
एलिना चौहानलाई हेर्न झरीका विच पनि मान्छे ओइरिए (भिडिओ सहित)
बार एशोसियसन रुकुम पश्चिमको अध्यक्षमा खड्का 
बार एशोसियसन रुकुम पश्चिमको अध्यक्षमा खड्का 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्