Top Navigation
मंगलबार, असोज १६, २०८० १२:४२:५२
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
मंगलबार, असोज १६, २०८० १२:४२:५२
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #शाेधप्रस्तावका नमुनाहरु
  • #मुकुन्दप्रसाद शर्मा
  • #तयारी पुरा
  • #स्यार्पू महाेत्सव
  • #मुख्यमन्त्री
  • #कर्णाली प्रदेश
  • #सुशीला विक
Search Here
समाज
  • Home
  • समाज
  • मुसिकाेटमा अनुमति बिना चलिरहेको अटो दुर्घटना, ६ जना घाइते 
मुसिकाेटमा अनुमति बिना चलिरहेको अटो दुर्घटना, ६ जना घाइते 
बलेन्द्र ओली
बलेन्द्र ओली आइतबार, चैत १२, २०७९
दुर्घटना ग्रस्त अटाे ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा अनुमति बिना संचालन भइरहेको अटो दुर्घटना भएको छ । दुर्घटनामा परी ६ जना घाइते भएका छन् । वडा नम्बर ५ को सेरिगाउँ देखि वडा नम्बर १४  को खेता कुना तर्फ जाँदै गरेको रा १ ह ७१९९ नम्बरको अटो सेरिगाउँ नेपाल विद्युत प्रधिकरणको वितरण केन्द्र नजिकै अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । 

अटो सडक देखि करिब १५ मिटर तल खसेको प्रहरीको भनाई छ । अटो दुर्घटनामा परी अटो चालक मुसिकोट १४ लोरीवाङका अन्दाजी ३२/३३ वर्षिय रोशन बिष्ट, सोही ठाउँका ३८ वर्षिय बिर्खबहादुर बिष्ट र ३७ वर्षिया सरिता ओली बिष्ट, मुसिकाेट ३ पिपलनेटाकी ३६ वर्षिया खीमा खड्का केसी, सानीभेरी गाउँपालिका ९ सिम्लीका २३ वर्षिय रणबहादुर बिष्ट तथा उहाँकी छोरी ६ वर्षिया सपना बिष्ट घाइते भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले जानकारी दिनुभयो । 

घाइते मध्य खीमा खड्का मुसिकाेट ३ की वडा सदस्य समेत हुनुहुन्छ । डिएसपी भट्टराइका अनुसार घाइते मध्य चालक रोशन बिष्ट र खीमा खड्काको अवस्था गम्भिर छ । उहाँ वेहोस अवस्थामा रहेको डिएसपी भट्टराइले बताउनुभयो । अन्यको अवस्था भने सामान्य रहेको उहाँको भनाई छ । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । केही घाइतेलाई लिन भने हेलिकोप्टर बोलाइएको मुसिकोट नगर प्रहरी प्रमुख उमेश केसीले बताउनुभयो । 

उहाँका अनुसार आज दुर्घटनामा परेको अटो दर्ता बिना नै संचालन भएको पाइएको छ । मुसिकोट नगरपालिकाले नगरका विभिन्न रुटमा २४ वटा अटो संचालनका लागि एक महिना अघि मात्र अनुमति दिने निर्णय गरेको थियो । जसअनुसार फागुन २९ गतेदेखि अटो सेवाको उद्घाटन गरिएको थियो । त्यसबेला १९ वटा अटो ल्याइएको थियो । तर नगरपालिकाको अटो तथा इ–रिक्सा कार्यविधि अनुसार २०२२ मोडल भन्दा अघिका अटो संचालन गर्न नपाइने भएकोले २०२२ भन्दा अघिका सबै अटो नगरपालिकाले फिर्ता गरेको नगर प्रहरी प्रमुख केसीले बताउनुभयो । 

सम्बन्धित समाचार
  • अटो दुर्घटनाका ३ जना घाइतेलाई हेलिकोप्टर मार्फत कोहलपुर लगियो

उहाँका अनुसार अहिलेसम्म जम्मा २ वटा अटोले मात्र नगरपालिकाबाट संचालन अनुमति लिएका छन् । तर नगरपालिकामा अहिले २ भन्दा बढी अटो संचालन भइरहेका छन् । आज दुर्घटनामा परेको अटो नगरपालिकामा दर्ता नभएको केसीले बताउनुभयो ।  


प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  १८:०८
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
प्रकाश रन्काको कान्छी फिलिली (भिडिओ सहित)
प्रकाश रन्काको कान्छी फिलिली (भिडिओ सहित)
स्यार्पू महाेत्सवमा आज शक्तिले नचाए
स्यार्पू महाेत्सवमा आज शक्तिले नचाए
मपवि स्नातकोत्तर तह नेपाली शिक्षा विषयका शोधप्रस्तावका नमुनाहरु
मपवि स्नातकोत्तर तह नेपाली शिक्षा विषयका शोधप्रस्तावका नमुनाहरु
स्यार्पू महोत्सवको तयारी पुरा, भोली कर्णालीका मुख्यमन्त्रीले उद्घाटन गर्ने 
स्यार्पू महोत्सवको तयारी पुरा, भोली कर्णालीका मुख्यमन्त्रीले उद्घाटन गर्ने 
स्यार्पू महोत्सव सुरु (फाेटाे सहित)
स्यार्पू महोत्सव सुरु (फाेटाे सहित)
तत्काल ५ लाख बुझाउने सहमतिमा जनज्योति आविमा लागेकाे ताल्चा खुल्याे 
तत्काल ५ लाख बुझाउने सहमतिमा जनज्योति आविमा लागेकाे ताल्चा खुल्याे 
रुकुमेली समाज विकास केन्द्रबाट एक वर्षमा झन्डै ६२ हजार नागरिक लाभान्वित 
रुकुमेली समाज विकास केन्द्रबाट एक वर्षमा झन्डै ६२ हजार नागरिक लाभान्वित 
डेंगु नियन्त्रणका लागि मुसिकोटमा सरसफाइ 
डेंगु नियन्त्रणका लागि मुसिकोटमा सरसफाइ 
भूमे ६ महतमा माओवादी केन्द्रको राजनैतिक-वैचारिक प्रशिक्षण 
भूमे ६ महतमा माओवादी केन्द्रको राजनैतिक-वैचारिक प्रशिक्षण 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्