Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुमेली नापी समाजको अध्यक्षमा सन्जित ओली निर्वाचित

रुकुमेली नापी समाज, रुकुमको चौथो अधिवेशनबाट सन्जित ओलीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

अधिवेशनबाट उपाध्यक्षमा नरेन्द्र केसी, महासचिवमा सृजन भण्डारी, सचिवमा नरेन्द्र ओली, कविराम भण्डारी र दीपक बोहरा तथा कोषाध्यक्षमा नरेन्द्र पाण्डे निर्वाचित हुनुभएको छ ।

त्यसैगरी, कार्यसमिति सदस्यहरूमा नीराजन भण्डारी, लोकबहादुर ओली, भीमप्रसाद नकाल, हरिबहादुर केसी, यशोदा ओली, छविलाल विक, दीपक बुढाथोकी, मिलन खड्का, रिता रावल पुन र श्रीप्रसाद बोहरा चयन हुनुभएको छ ।

समाजको संरक्षकमा प्रकाश ओली रहनुभएको छ भने सल्लाहकार समितिमा गणेश खड्का, हरिबहादुर ओली र हिरालाल केसी रहनुभएको छ ।

नवनिर्वाचित कार्यसमितिले समाजको संस्थागत विकास, नापी क्षेत्रसँग सम्बन्धित पेसागत हित तथा आपसी समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

रुकुमेली नापी समाजको चौथो अधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक ७, २०८३  १७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update