आगामी फागुन ११ देखी १३ गते सम्म बुटवलमा आयोजना गरिएको लुम्बिनी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डका लागी रुकुम पूर्वबाट विद्यार्थी खेलाडी छनोट गरिएको छ । जिल्ला खेलकुद विकास समिति रुकुम पूर्वले तीन गाउँपालिकाबाट विभिन्न विधामा ४६ जना विद्यार्थी खेलाडी छनोट गरेको हो ।
जिल्लाकाे भूमे गाउँपालिकाको महतमा माघ २६ देखी २९ गते सम्म सञ्चालन भएको १५ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको आधारमा प्रदेश स्तरीय विद्यार्थी खेलाडी छनोट गरिएको छ । भलिबल, हाइजम्प, लङजम्प, सटफुट त्रिपलजम्प, ज्याभ्लिङ थ्रो, तीन हजार मिटर, १५ सय मिटर,आठ सय मिटर,चार सय मिटर, दुई सय मिटर र एक सय मिटर दौड प्रतियोगिताको लागि विद्यार्थी छनोट गरिएको जिल्ला खेलकुद विकास समिति रुकुम पूर्वले जानकारी दिएको छ ।
छात्र, छात्रा भलिबल तर्फ खेल प्रदर्शनीको आधारबाट तीन वटै स्थानीय तहबाट विद्यार्थी खेलाडी छनोट गरिएको छ भने कराते र तेक्वान्दो तर्फ सिस्ने गाउँपालिका बाट विद्यार्थी छनोट भएका छन् । एकल विधामा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा प्रथम स्थान हासिल गरेका विद्यार्थी छनोटमा परेका हुन ।
सिस्ने गाउँपालिबाट १९, भूमे गाउँपालिकाबाट १४ र पुथाउत्तरगंगा गाउँपालिकाबाट १३ गरी कुल ४६ जना खेलाडी विद्यार्थी छनोटमा परेको जिल्ला खेलकुद विकास समिति रुकुम पूर्वका अध्यक्ष नामेन्द्र सुनारले जानकारी दिनुभयो ।