Kakhara सबैको खबर सम्पूर्ण खबर
सातौँ सिद्ध गुफा गोल्ड कप: भुवन नेपाली सर्वोत्कृष्ट खेलाडी 

विजेता युनिक ब्वाइज एफ.सी.मुसिकोटका भुवन नेपाली रुकुम पश्चिमको मुसिकोट खलंगामा आयोजित सिद्ध गुफा गोल्ड कपको सातौँ संस्करणको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले आफ्नो टोलीलाई च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । 

उनले ट्रफि प्राप्त गरेका छन् । त्यस्तै युनिक व्याइजका प्रतीक सुनार वेस्ट गोलकिपर, आठबिसकोट एफ.सी.का भिक्टर शाही वेस्ट डिफेन्ड बन्दा युनिक ब्याइजका विकास विस्ट टप स्कोरर बने । रातामाटा एफ.सी. र राउखेत एफ.सी. मुसिकोट २ ले फेयर प्ले अवार्ड पाएको आयोजक सल्ले यूथ क्लबले जनाएको छ । 

आइतबार भएको फाइनलमा आठबिसकोट एफ.सी.लाई ५–० ले पराजित गर्दै युनिक व्याइज मुसिकोटले उपाधि जित्यो ।

प्रकाशित मिति: आइतबार, कात्तिक १५, २०८३  १९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update