Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने सवारीसाधन प्रहरी नियन्त्रणमा

रुकुम पश्चिममा अवैध रूपमा नदीजन्य पदार्थ बालुवा उत्खनन तथा ओसारपसारमा संलग्न ६ वटा सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार मुसिकोट नगरपालिका–२ लामितालस्थित सानीभेरी नदीबाट अवैध रूपमा बालुवा उत्खनन भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले सवारीसाधन नियन्त्रणमा लिएको हो ।

असोज १५ गते राति करिब १० बजे अस्थायी प्रहरी पोस्ट छिनखेतबाट खटिएको प्रहरी टोलीले अवैध रूपमा बालुवा उत्खनन गरी ओसारपसार गरिरहेको अवस्थामा सवारीसाधन फेला पारेको थियो ।

नियन्त्रणमा लिइएका सवारीसाधनमा एक थान जेसीबी, चार थान टिप्पर र एक थान ट्र्याक्टर रहेका छन् । प्रहरीले ती सवारीसाधन आवश्यक कारबाहीका लागि मुसिकोट नगरपालिकाको कार्यालयमा पठाउने प्रक्रिया अघि बढाएको जनाएको छ ।

अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार नियन्त्रण गर्ने उद्देश्यले प्रहरीले निगरानी र कारबाहीलाई निरन्तरता दिइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

police-1793617249.jpg
 

प्रकाशित मिति: सोमबार, कात्तिक १६, २०८३  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update