Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम श्री को बम्पर उपहार–दुर्गालाई स्कुटर प्रदान 

संयुक्त रुकुम यातायात प्रालिको बम्पर उपहार स्कुटर जितेकी दुर्गा शाहलाई स्कुटर हस्तान्तरण गरिएको छ । प्रालिको काउन्टर मुसिकोट १ मठमा एक कार्यक्रमका बिच दुर्गालाई शनिवार बिहान स्कुटर हस्तान्तरण गरिएको हो । 

यातायात व्यवसायी कमला बिसी बोहराले शाहलाई होन्डाको डियो स्कुटर हस्तान्तरण गर्नुभएको हो । उक्त कार्यक्रममा प्रालिका अध्यक्ष डम्बर थापा, उपाध्यक्ष रमेश गिरी, गोपाल यरी, महासचिव अजिब सोनी, संरक्षक सरोज देवकोटा लगायत यातायात व्यवसायीहरूको उपस्थिति रहेको थियो । 

प्रालिका अध्यक्ष थापाले शाहलाई बधाई दिँदै सुखद यात्राको कामना गर्नुभयो । संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत बम्पर उपहार कार्यक्रम बनाइएको र सोही अनुसार बम्पर उपहार खोलिएको उहाँको भनाई छ । 

कार्तिक ९ गते मुसिकोट खलंगाको बराहटाकुरामा एक कार्यक्रमका बिच मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले चिट्ठा तान्नुभएको थियो । जसमा गत भदौमा रुकुम श्री बसमा काठमाडौँ देखि रुकुम पश्चिमको यात्रा गर्नुभएकी शाह भाग्यशाली यात्रु बन्नुभएको थियो । जसअनुसार उहाँले २ लाख ८७ हजार बजार मूल्य रहेको होन्डाको डियो स्कुटर जित्नुभएको हो । 

rukumshree-1793444501.jpeg
नेपाल सरकारले तोकेको भाडा दरमा टिकट लिने करिब १४ सय यात्रुलाई लक्की ड्र मा सामेल गरिएको थियो । गत भाद्र १ गतेबाट सेवा सुरु गरेको संयुक्त रुकुम यातायात प्रालिले आफ्ना रुकुम श्री का बसमा यात्रा गर्ने यात्रुहरूका लागि स्कुटर उपहार दिने गरी बम्पर उपहार कार्यक्रम घोषणा गरेको थियो । 

त्यस्तै ५ जना यात्रुलाई एक वर्षको अवधिमा एक पटक निःशुल्क यात्रा गर्ने गरी छानिएको छ । जसमा तिलक रावल, विनोद चन्द, प्रवेश केसी, रितेश परियार र आकाश खड्का रहनुभएको छ । संयुक्त रुकुम यातायात प्रालिले रुकुम–काठमाडौँ र काठमाडौँ–रुकुम एसी स्लिपर रात्रि बस सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १४, २०८३  १६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update