Kakhara सबैको खबर सम्पूर्ण खबर
विपत् मा उद्धारका लागि रुकुम पश्चिम प्रहरी तयारी अवस्थामा
विपत् उद्धार टाेली ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले मनसुन जन्य विपत् मा उद्धारका लागि विशेष टोली तयारी अवस्थामा राखेको छ । बाढी, पहिरो लगायतका विपत् लाई मध्यनजर गर्दै विशेष उद्धार टोली तयारी अवस्थामा राखिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवराज पोखरेलले जानकारी दिनुभयो ।

जिल्लामा कुनै पनि ठाउँमा कुनै पनि विपत् आइलागेमा उद्धारमा खटिनका लागि प्रहरी निरीक्षक ऋषि पाठकको नेतृत्वमा १५ जनाको विपत् उद्धार टोली निर्माण गरेर तयारी अवस्थामा राखिएको डिएसपी पोखरेलले बताउनभयो । मनसुन सुरु भएसँगै अविरल वर्षाको कारण हुनसक्ने बाढी, पहिरो लगायत विपत् का घटनाहरूलाई मध्यनजर गर्दै यस कार्यालयमा आवश्यक उद्धार सामाग्री सहितको विपद् उद्धार टोली तयारी अवस्थामा राखिएको ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ उहाँले भन्नुभयो ।

त्यस्तै प्रहरीले विपत् लगायतका कुनै पनि घटना भएमा खबर गर्न अनुरोध समेत गरेको छ । त्यसका लागि प्रहरी कन्ट्रोल १०० वा ९८५७८७००५५, प्रहरी सञ्चार ९८५७८९०५५०, कार्यालय प्रमुख ९८५७८३५५५५ र सूचना अधिकारी ९८४८१८६२११ मा सम्पर्क गर्न जिल्ला प्रहरी कार्यालयले आग्रह गरेको छ । 

450073416_787387580267820_2407433048940189631_n-1720348580.jpg

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update