Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकाेट ७ मा पाण्डे वंशावली विमोचन 

रुकुम पश्चिमकाे मुसिकोट नगरपालिका–७ मा पाण्डे वंशज पाण्डे सेवा समाजद्वारा प्रकाशित वंशावलीको विमोचन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि ८७वर्षीय ज्येष्ठ नागरिक हिरामणि पाण्डेले वंशावली विमोचन गर्नुभएको थियो । समाजका अध्यक्ष श्री उपेन्द्र पाण्डेकाे अध्यक्षतामा भएकाे कार्यक्रमको सञ्चालन समाजका सह सचिव टेकबहादुर पाण्डेले गर्नुभएको थियो।

कार्यक्रममा लालबहादुर महत र मनबहादुर घर्ती लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो । मुसिकोट ७ का वडा अध्यक्ष एक्कबहादुर पाण्डेले वंशावली प्रकाशनको उद्देश्यबारे प्रकाश पार्दै पुर्खाहरूको इतिहास, वंश परम्परा र पारिवारिक पहिचान संरक्षण गरी भावी पुस्तासम्म हस्तान्तरण गर्नु यसको मुख्य उद्देश्य रहेको बताउनुभयो ।

वंशावली प्रकाशनले वंशको इतिहास संरक्षण गर्नुका साथै वंशजहरूबीच आपसी एकता, सद्भाव र भाइचारा अभिवृद्धि गर्ने विश्वास व्यक्त गरिएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक १, २०८३  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update