Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरी ११ का स्थानीयद्वारा श्रमदानबाट ४ किलोमिटर सडक सफाइ

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ११ का स्थानीयले श्रमदानबाट सडक सफा गरेका छन् । वडाको कोल्डाँडा र रानीचिउरा टोलका स्थानीय युवाहरूले श्रमदानमार्फत करिब ४ किलोमिटर सडक सफा गरी सञ्चालनमा ल्याएका हुन् ।

वर्षाका कारण अवरुद्ध बनेको उक्त सडक दसैँअघि नै खुलाउन विभिन्न निकायसँग आग्रह गर्दा पनि समस्या समाधान नभएपछि स्थानीय युवाहरू आफैँ जुटेर सडक सफा गरेका हुन् । तीन दिनसम्म श्रमदान गरी सडक सफा गरेर खुलाइएको स्थानीयले बताएका छन् ।

स्थानीय युवाहरूको यो सक्रियता, एकता र सामाजिक उत्तरदायित्वको भावना प्रशंसनीय रहेको स्थानीयको भनाई छ । जनताको समस्या समाधानका लागि स्थानीय एकता र सामूहिक प्रयास कति महत्त्वपूर्ण हुन्छ भन्ने उदाहरण यस कार्यले प्रस्तुत गरेको स्थानीय बताउँछन् ।

त्यस्तै उक्त क्षेत्रमा सम्बन्धित निकायको ध्यान नपुग्नु दुःखद रहेको स्थानीय युवाहरूको भनाई छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक ४, २०८३  १०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update