Kakhara सबैको खबर सम्पूर्ण खबर
खाे खाे विश्वकपः नेपाल पुरूष तर्फ पनि उपविजेता

प्रथम खो खो विश्वकपको पुरुषतर्फ पनि नेपाल उपविजेता बनेको छ ।

नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा आइतबार राती भएको पुरुषतर्फको फाइनलमा नेपाल आयोजक भारतसँग ५४–३६ अन्तरले पराजित भएको हो । भारतले दुवै इनिङ्समा अट्याकिङमा नेपालभन्दा धेरै अंक जोडेको थियो ।

पहिलो इनिङ्समा भारतले अट्याकिङबाट २६ अंक जोड्दा दोस्रो इनिङ्समा २८ अंक जोडेको थियो । नेपालले भने दुवै इनिङ्समा समान १८ अंक जोडेको थियो ।

यसअघि भएको महिलातर्फको फाइनलमा पनि नेपाल भारतसँग नै पराजित भएको थियो । भारतले महिला र पुरुष दुवै विधामा उपाधि जित्दा नेपाल भने दुवैमा उपविजेता बन्याे ।

प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  २१:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update