Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्वकी कोरोना संक्रमित महिलालाई हेलिकोप्टर चार्टर गरेर पोखरा लगियो 
रुकुमकोटमा रहेको हेलिप्याडमा अवतरण गरेको हेलिकोप्टरमा बिरामीलाई राखिदै ।

रुकुम पूर्वकी एक कोरोना संक्रमित महिलालाई हेलिकोप्टर चार्टर गरेर कास्कीको पोखरा लगिएको छ । भैरहवा घर भै हाल जिल्लाको सिस्ने गाउँपालिका ६ मा व्यवसाय गर्दै आएकी ४३ वर्षीया महिलालाई आज दिउँसो हेलिकोप्टर चार्टर गरेर पोखराको मनिपाल अस्पताल लगिएको हो । आजै रुकुम पूर्व अस्पतालमा एन्टीजेन विधिबाट नमुना परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोनाको लक्षण देखिएको र स्वास्थ्य अवस्था जटिल भएपछि रिफर गरिएको अस्प्तालका सूचना अधिकारी डिल्लीबहादुर केसीले बताउनुभयो । उहाँका अनुसार ति महिला चारदिन देखी विरामी भएकी थिइन । आज उनलाई अस्प्ताल लगिएको थियो । अस्पताल पु¥याउँदा उनको स्वास्थ्य गम्भिर बनिसकेको थियो ।

उपचार सुरु गर्दा पनि स्वास्थ्यमा सुधार नभएपछि रिफर गरिएको हो । उनका श्रीमानमा पनि हिजो कोरोना पुष्टि भएको थियो । उनको अहिले सिस्ने गाउँपालिकाको आइसोलेसनमा उपचार भइरहेको छ ।
 

प्रकाशित मिति: आइतबार, जेठ ९, २०७८  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update