त्रिवेणी २ बाट तीन नाल भरुवा बन्दुक बरामद
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले तीन नाल अवैध बरुवा बन्दुक बरामद गरेको छ । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर २ पेदीखेत भन्ने ठाउँमा ओडारमा लुकाई छिपाई राखिएका ३ नाल अवैध भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक झबिन्द्र परियारले जानकारी दिनुभयो ।
उहाँका अनुसार ओडारमा अवैध बन्दुक लुकाएर राखिएको सूचनाका आधारमा खानतलासी गर्दा ३ नाल भरुवा बन्दुक फेला पारी बरामद गरिएको हो । उक्त बन्दुक जिल्ला प्रहरी कार्यालयमा ल्याएर घटनाको थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
सबै बन्दुक चार फिट भन्दा लामा रहेको उहाँको भनाई छ । जिल्ला प्रहरी कार्यालयले जिल्लाका विभिन्न ठाउँबाट अवैध भरुवा बन्दुकहरू बेला बेलामा बरामद गरिरहेको छ ।
प्रकाशित मिति: सोमबार, असोज १२, २०८३ १८:०७
प्रतिक्रिया दिनुहोस्





