
नेकपा( माओवादी केन्द्र) को सहायक संगठन योङ कम्युनिस्ट लिग वाइसिएल नेपाल रुकुम पश्चिमको तेस्रो बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सहिद स्मृती प्रतिष्ठानको हल सेरिगाउँमा आज तेस्रो बैठक तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको हो । बैठकले यस अघि पदाधिकारीे गरेका निर्णयलाई अनुमोदन गरेको वाइसिएलका जिल्ला अध्यक्ष एलबि कटुवालले जानकारी दिनुभयो ।
बैठकले वासिएलका जिल्ला अध्यक्ष कटुवालको संयोजकत्वमा श्रम तथा उत्पादन क्षेत्रको कार्ययोजना निर्माणका ७ सदस्यीय उत्पादन कार्ययोजना निर्माण उपसमिती गठन गरेको छ । यसका साथै बैठकले सबै पालिकामा वासिएलको बैठक गर्ने गरी मिति समेत तय गरको छ । भदौ ३ गते चौरजहारी नगरपालिकामा, ४ गते आठबिसकोट नगरपालिकाममा, भदौ ५ गते त्रिवेणी गाउपालिकामा बैठक गर्ने निर्णय गरेको छ । त्यस्तै भदौ ६ गते मुसिकोट नगरपालिकामा, ७ गते बाँफिकोट गाउपालिका र भदौ ७ गते सानिभेरी गाउपालिकामा बैठक गर्ने निर्णय गरेको वाइसिएलका जिल्ला अध्यक्ष कटुवालले जानकारी दिनुभयो ।
बैठकमा नेकपा(माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा प्रभाकरको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज बसन्तकुमार शर्मा, केन्द्रिय सदस्य गोपाल शर्मा, जिल्ला संयोजक गोविन्द रोका सचिन, वासिएलका केन्द्रिय उपाध्यक्ष शैलस शर्मा, जिल्ला इन्चार्ज गोविन्द ओली लगायत वाइसिएका जिल्ला पदाधिकारीको उपस्थिती रहेको थियो ।
उपमहासचिव शर्मा केही दिनदेखि गृह जिल्ला रुकुम पश्चिममा पुगेर पार्टी कार्यकर्ता तथा स्थानीय जनतासँगको भेटघाटमा व्यस्त हुनुुहुन्छ ।