Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोटमा द लिजेन्ड कप फुटबल हुने 

रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा द लिजेन्ड कप फुटबल प्रतियोगिता हुने भएको छ । विजया दशमी तथा शुभ दीपावलीको अवसरमा खलङ्गा ब्वाइजले रुकुम बक्सिङ क्लबको सहयोगमा एभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गरेको हो । 

प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार पाउने बताइएको छ । त्यस्तै उप विजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । वेस्ट प्लेयरले ५ हजार पाउँदा फेयर प्ले अवार्डको पुरस्कार ५ हजार तोकिएको छ । 

त्यस्तै टप स्कोरर, वेस्ट गोल किपर, इमर्जिङ प्लेयर र वेस्ट डिफेन्डरले समान ३/३ हजार पुरस्कार पाउने छन् । प्रतियोगितामा सहभागिताका लागि ६ हजार दर्ता शुल्क र कार्डको १ हजार जम्मा गर्नुपर्ने बताइएको छ । 

प्रतियोगितामा एउटा टिमबाट ७ जनाले खेल्ने छन् । प्रतियोगितामा सहभागिताका लागि असोज ६ गते बिहान १० बजेसम्म टिम दर्ता गर्न सकिने छ । प्रतियोगिता असोज ६ गतेबाट खलङ्गाको बराहटाकुरामा सञ्चालन हुने छ । 

विभिन्न व्यक्तिहरूसँग सहयोग जुटाएर प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

the-legend-cup-1758106867.jpg
 

प्रकाशित मिति: बुधबार, असोज १, २०८२  १६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update