
देशमा एउटा ठुलो अकल्पनीय क्रान्ति भयो । हामीलाई त समग्रमा यो क्रान्ति आवश्यकताको महसुस लामो समयदेखि नै हुँदै आइरहेको थियो । तर हामी चुक्यौँ, जे पायौँ त्यसमै रमाउँदै गयौँ, हिजो लुकेर बसेका ती गरिबका छाप्राहरू भुल्यौँ, एक छाक आफू भोको भएर हाम्रा सेना कार्यकर्ता नेताहरूलाई खाना खुवाउने ती माया र आशाले भरिएका दलितका बस्तीहरू बिर्सियौँ, सहर पस्यौँ तर औपचारिक कार्यक्रम बाहेक कहिल्यै फर्किएनौँ । ती लालवस्तिहरुले कहिले छोरो गुमायो, कहिले छोरी गुमायो, कहिले दाइ गुमायो, कहिल्यै भाइ गुमायो, कहिले इष्टमित्र छरछिमेक गुमायो तर पनि कट्टीबद्ध भएर जनयुद्धलाई माया गरिरह्यो, साथ दिइरह्यो, एक पछि अर्को मर्न तयार हुने युद्धहरू खडा गरिरह्यो कहिल्यै डगमगाएन । जनयुद्धलाई जन आन्दोलन मा नाप्नु भयो र हामीले देखेको गणतन्त्र नेपालको सपना पूरा भयो लोकतान्त्रिक गणतन्त्रात्मक राज्य स्थापित भयो । ती लाल बस्तीहरूमा 'कसले भन्छ क्रान्ति यहाँ सफल हुँदैन' भन्ने गीत गुन्जिए ठुलो विजयको अनुभूति गरेर खुसीयाली मनाए अझ खुसी त झन्डै २ तिहाइ सिट जितेर पहिलो पटक संविधान सभा निर्वाचन मा देशको ठुलो र पहिलो पार्टी बन्यो अनि झन् दलित महिला जनजाति पिछडिएको वर्ग क्षेत्र विजयको महसुस गर्यो अब आफ्नो राज्य सत्ता आफ्नै हातमा आयको अनुभूति गरे १७/१८ हजार को बलिदानी हजारौँ हजारौँ सङ्ख्या मा रहेका घाइते अपाङ्ग तथा बेपत्ताहरू को त्यागको गर्व महसुस भयो। तर त्यसपछि को हाम्रो यात्रा ओरालो यात्रा सुरु भयो ओरालो पनि यति लाग्यो जुन हाम्रो कल्पना भन्दा बाहिर रह्यो यसको जिम्मा कसले लिने हो प्रिय कमरेड ??
पार्टी को शक्ति कमजोर भयो तर विभिन्न विधि प्रयोग गरेर धेरै अधिकार त संविधानमा लेखिए तर बार वर्ष सम्म कानुन निर्माण गर्न किन सकिएन प्रिय कमरेड ?? देखाउने दाँत यौटा चपाउने दाँत अर्को भएन र प्रिय कमरेड ?? ७० सालमा कमजोर पार्टी भयकै कारण प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको नारालाई संविधानमा समेट्न नसकेर नोट अफ डिसेन्ट लेखेर चित्त बुझाउनु परेको तितो सत्य ८२ सम्म आउँदा किन अनुभूति भएन प्रिय कमरेड ???
न तपाईँहरूलाई २०७० ले न २०७४ ले न२०७९ ले कुनै निर्वाचनले केही फरक पारेन पार्टी खुम्चेर ३२ सिट सम्म झर्दा नि तपाइको घैँटोमा घाम लागेन लाग्यो त भाषण गफ लाग्यो त चिल्ला गाडी सेवा सुविधा एसी रुम ब्राण्डेड विदेशी रक्सी घर जग्गा खरिद आसेपासे व्यवस्थापन यस्तै यस्तै लोभ लालच आलिसान महल तपाईँ फर्केर कहिल्यै आउनुभएन ती लाल गाउँ बस्तीमा आउनु भयो त भव्य कार्यक्रममा अनि मोबाइल टिभीमा कहिले ओल्लो आलिसान कहिले पल्लो आलिसान गर्न मै तपाइको ०६४ देखि यता करिब करिब १७ वर्ष बिते छन् तर तपाईँ पार्टी बनाउन कहिल्यै गाउँ आउनुभएन किनकि तपाईँ रङ्गिन दुनियाँमा हुनुहुन्छ । गुन्द्री मा बस्ने बैठकहरू सोफा बस्न बानी परेपछि सिस्नो ढिँडो नुन र रोटी खादै पार्टी निर्माणमा हिँड्ने कमरेड ठुलठुला रेस्टुरेन्ट होटेल को स्वादमा भुल्ने भएपछि महिनौँ हिँडेर देश चाल्ने कमरेडहरू महँगा महँगा गाडी र हेली मा चढ्ने भएपछि किन चाहियो र पार्टी ?? काठमाडौँ को भृकुटीमण्डपमा मा मीठो कफी खादै राष्ट्र प्रेमका कुरा गर्ने आफ्नो भजन कीर्तन गर्नेलाई नेता बनाउँदै सेवा सुविधामा जोड्दै जानू भो हन त उसको के दोष तपाईँले सिकाएकै त्यही छ के चिन्थ्यो उसले गाउँ बस्ती ? चिनेको छ त नेता घरका ढोका नेताका स्वकीय उहीँ नेता छ उसैले माओवादी बिचारको पाठ पढाउँछ ?? छाडिदिनुहाेस हामीले यो गरेऊ हामीले त्यो गरेऊ जे गरेका छौँ त्यो इतिहासमा दर्ज भैसकेको छ त्यो कसैले मेटाउन सक्दैन ।
पुरानै कुराको ब्याज खाएर यो पार्टी चल्दैन अब । नयाँ के हो नसोच्ने खाली पुरानै कुरा गरेर पार्टी यो हालतमा पुगेको कुरा कहिले बुझ्ने प्रिय कमरेड कि शेर ब देउवा र आर्जु लाई जस्तो घर बाट घिसारेर आर्यघाट पुर्याएको बेला बुझ्ने ?? मेरा प्रिय नेता नबिग्रिएको भय यो जेन जी नामक आन्दोलन हुने नै थिएन ती बालबालिकाहरू को ज्यान जाने थिएन राष्ट्र यसरी क्षतविक्षत हुने थिएन । प्रिय कमरेड छोडिदिनुहोस् जेन जी को मुद्दा हाम्रो हो भन्न त्यो भनेर तपाईँ अलग हुन पाउनुहुन्न तपाइले कार्यान्वयन गर्न नसकेर जेन जी ले आन्दोलन गरेको हो । प्रिय नेताका चम्चेहरुलाइ पनि मेरो सुझाव तपाइहरू खुब पार्टी बनाउने हुटहुटी छ जस्तो गरेर कुर्लिनु हुन्छ एक पटक तपाईँ आफूतिर हेर्नू त तपाईँ आफ्नो क्षेत्र जितेर आउने हिम्मत छकी छैन छ भनेर ती गाउँ बस्ती मा जानुहोस् ती गरिब जनता समस्याहरू आवाजहरू नेताहरू कहाँ पुर्याउनुहोस । यदि त्यति ल्याकत छैन भने धेरै प्यार प्यार र जान्ने बनेर आफ्नै नेताहरूलाई को आफ्नो को बिरानो भन्ने छुट्टाउने हिसाब राख्ने अधिकार तपाईँहरूलाई छैन तपाईँहरू झन् पार्टी को खतरनाक डङ्गुर हो ।
गाउँ बस्ती गरिब का झुपडी बिर्सने तपाइहरू पार्टीलाई झन्डै एक टुकुडिमा सीमित गर्ने तपाइहरू इतिहास लाई लज्जास्पद दाग लगाउन तयार हुने तपाईँहरू फेरि पनि अर्को गम्भीर त्रुटि गर्दै हुनुहुन्छ ??? जसरी अकल्पनीय रूपमा जेन जी आन्दोलन भयो नि यसले नेपालको भाव व्यक्त गरेको छ यसले नेपालको आवश्यकता व्यक्त गरेको छ जनता कति उकुसमुकुस छन् भन्ने कुरा व्यक्त गरेको छ । अरू केही होइन । हो एजेन्डा त हाम्रै छन् तर हामीले भन्दा जनता नपत्याउने भइसके भनेर हामीले कहिले बुझ्ने प्रिय कमरेड ?? किनकि झन्डै ३० वर्ष त हामीलाई विश्वास गरे आसा गरे लडे सहिद भय घाइते भय बेपता भय धेरै उपलब्धि पनि हासिल गरेऊ तर स्थापित गर्न सकेनौ हामी पनि अरू जस्तै देखिन थाल्यौ प्रिय कमरेड ।
अब हामीले हाम्रो पार्टी निर्माण गर्न उपयुक्त समय छ जेन जी आन्दोलन अपहरण परेको छ मुद्दा लाई संस्थागत बनाएर पुन पार्टी उठ्ने र नेतृत्व लिने ऐतिहासिक अवसर आयको छ तर मेरा प्रिय नेताहरू पुरानै ठाउँमा हुनुहुन्छ अनि कसरी बन्छ पार्टी ?? अब पार्टी नयाँ ढङ्गले पुनर्गठन गरे मात्र हामी अरू भन्दा नयाँ हुन सक्छौँ । यो त हजुरले बुझ्नु भयको छ तर तपाईँलाई के ले रोकेको छ ?? तत्काल पार्टीका सबै संरचना विघटन गरौँ हालको केन्द्रीय समिति लाई अध्यक्ष कमरेड को संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाइ विशेष महाधिवेशनमा हाेम्मिउ तत्काल विशेष महाधिवेशन सप्रन्न गरौँ प्रिय कमरेड ।
यही अवस्थामा पार्टी निर्वाचनमा जाँदा हाम्रो पक्षमा माहौल नबन्न सक्छ र सदाको लागि हाम्रो उपलब्धि गुम्ने खतरा हुन सक्छ अब को समय पार्टी निर्माणका लागि उल्लासमय वातावरण बनाऊ युवा कमरेडहरूलाई नेतृत्वमा स्थापित गरौँ । परिस्थिति र समय अनुसारको पार्टी निर्माण गरी हाम्रा उपलब्धि को रक्षा गर्दै उन्नत लोकतन्त्र विकसित गणतन्त्रको मोडेल बाट समाजवाद स्थापना गर्नु हाम्रो मुख्य जिम्मेवारी हो त्यो जिम्मेवारी लाई पूरा गर्न नफेरिएको गरिब जनताको झुपडी आशैआशमा विलीन भएका पिछडिएका वर्ग जाती लिङ्गको सपनालाई साकार पार्न पहिलो कुरा सच्चिएर स्वार्थ त्याग गरेर पार्टी निर्माणको विकल्प छैन युवा नेतृत्व स्थापित गर्नुको विकल्प छैन मेरो प्रिय नेता कमरेड सच्चिने कि सक्किने ?