बैंकिङ कसुर मुद्दाका फरार एक व्यक्ती पक्राउ, ९ लाख ९५ हजार रकम विगो माग
बैङ्किङ कसुर मुद्दामा फरार रहेका एक प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले पक्राउ गरेको छ । जाजरकोट नलगाड नगरपालिका १ चिप्रीका ४० वर्षीय सुरेश विकलाई आइतबार दिउँसो प्रहरीले आठविसकोट नगरपालिका ९ राडिबजारबाट पक्राउ गरेको हो । विकलाई बैङ्किङ कसुर मुद्दामा ९ लाख ९५ हजार बिगो रकम तोकिएको छ ।
देवबहादुर खत्रीको जाहेरीमा बैङ्किङ कसुर मुद्दाको अनुसन्धानमा फरार रहेका विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक झविन्द्र परियारले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका विक विरुद्ध ९ लाख ९५ हजार रुपैयाँ बिगो रकम माग गरिएको छ । विकलाई पक्राउ गरी थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, असार १, २०८३ १५:२१
प्रतिक्रिया दिनुहोस्




1686475760.jpg)


-1759842583.jpg)