सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम पश्चिमको प्रथम जिल्ला अधिवेशन आज हुँदै छ । जिल्ला सदरमुकाम मुसिकोट खलंगामा अधिवेशन हुन लागेको रास्वपा रुकुम पश्चिमका सभापति मानबहादुर शाहीले जानकारी दिनुभयो ।
बिहान १० बजेपछि खलंगाको बाल मन्दिरमा अधिवेशन सुरु हुने उहाँको भनाई छ । उद्घाटन कार्यक्रम पूर्व खलंगा बजारमा र्याली निकालिने सभापति शाहीले बताउनुभयो । अधिवेशनका लागि केन्द्रीय सदस्य अनन्तराज घिमिरे, कर्णाली प्रदेश उपसभापति प्रेम बोहरा र महासचिव ललित चन्द जिल्ला आइपुगेको उहाँले जानकारी गराउनुभयो ।
अधिवेशनमा प्रतिनिधि, विभाग, स्वयंसेवक लगायत गरी २ सय बढीको सहभागिता रहने बताइएको छ । नयाँ नेतृत्व चयन गर्दै अधिवेशन आजै सकाउने तयारी गरिएको छ । अधिवेशन उद्घाटन कार्यक्रममा गायिका भूमिका गिरी लगायतका कलाकारहरूले सांस्कृतिक प्रस्तुति समेत राख्ने रास्वपा रुकुम पश्चिमले जनाएको छ ।





-1759842583.jpg)