रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ सल्ले स्थित जिल्ला अस्पतालको फार्मेसीमा मंगलबार राति चोरी भएको छ । राति करिब ११ बजेको समयमा फार्मेसीबाट नगद १५ हजार रुपैयाँसहित केही औषधि चोरी भएको अस्पताल स्रोतले जनाएको छ। गए राती ११ बजेको समयमा फार्मेसीमा भएको नगद १५ हजार र केही औषधि हराएको जिल्ला अस्पताल सल्लेका प्रमुख डाक्टर जीवन परियारले जानकारी दिनुभयो ।
उहाँका अनुसार चोरीमा संलग्न लागूऔषध सेवन गर्ने दुई जना अपरिचित युवालाई आंशका गरिएको छ ।उनीहरूले फार्मेसीमा कोही नभएको मौका छोपी चोरी गरेको उहाँको भनाई छ । घटनापछि तत्काल प्रहरीलाई खबर गरिएको थियो। चोरीको सूचना पाएलगत्तै प्रहरीले अनुसन्धान सुरु गरेको छ । अस्पतालको फार्मेसीबाट नगद तथा औषधि चोरी भएको जानकारी प्राप्त भएको र घटनामा संलग्न व्यक्तिहरूको खोजी कार्य तीव्र रूपमा अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
स्वास्थ्य संस्थाजस्तो संवेदनशील क्षेत्रमा चोरीको घटना भएपछि स्थानीयवासीले अस्पतालको सुरक्षा व्यवस्थामा आंशका गरेका छन । चोरी भएका औषधिको विवरण र क्षतिको यकिन विवरण संकलन गर्ने काम भइरहेको अस्पतालले जनाएको छ।


1686475760.jpg)


-1759842583.jpg)