Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफिकोटमा ढुङ्गाले लागेर एक महिलाको मृत्यु
फाइल फोटो ।

रुकुम पश्चिमको बाँफिकोटमा आज बिहान घाँस काट्ने जाने क्रममा ढुङ्गाले लागेर एक महिलाको मृत्यु भएको छ । वडा नम्बर ५  निवासी ३४ वर्षीय रमा ओली पुरीको ढुङ्गाले लागेर मृत्यु भएको हो । बिहान ८ बजे तिर घाँस काट्न जाँदै गर्दा माथिबाट आएको ढुङ्गाले लागेर रमाको  घटनास्थलमा मृत्यु भएको वडाध्यक्ष  मनु शाहीले जानकारी दिनुभयो ।

रमाको टाउकोमा चोट लागेको थियो। रमालाई ढुङ्गाले लागे पछि स्थानीयले परिवारलाई खबर  गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, जेठ २८, २०८३  १४:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update