Kakhara सबैको खबर सम्पूर्ण खबर
राष्ट्रिय शिक्षा पुरस्कारबाट रुकुम पश्चिमको विजयश्वरी बोर्डिङ स्कुल  सम्मानित

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ खलङ्गामा रहेको विजयश्वरी सेकेण्डरी बोर्डिङ स्कुल राष्ट्रिय स्तरको नेशनल एजुकेसन अवार्ड समारोह–२०२६ अन्तर्गत प्रदान गरिने “गुडविल अचिभमेन्ट अवार्ड” बाट सम्मानित भएको छ । शिक्षा क्षेत्रमा विद्यालयले पुर्‍याएको योगदान, गुणस्तरीय शैक्षिक वातावरण निर्माण तथा विद्यार्थीको सर्वाङ्गीण विकासमा खेलेको भूमिकाको कदर गर्दै सम्मान प्रदान गरिएको हो । काठमाडौँमा आयोजित समारोहमा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति कार्यक्रमका प्रमुख अतिथि केदारभक्त माथेमाले विजयश्वरी सेकेण्डरी बोर्डिङ स्कुलका सञ्चालक अनिता कमाई भण्डारीलाई अवार्ड प्रदान गर्नुभएको हो । ​

inbound4215106922997715531-1781454949.jpg

कार्यक्रममा अन्य शैक्षिक संस्थाहरूलाई पनि विभिन्न अवार्ड प्रदान गरी सम्मान प्रदान गरिएको थियो। उक्त पुरस्कार प्राप्त गरेसँगै विजयश्वरी सेकेण्डरी बोर्डिङ स्कुल परिवारले यस सम्मानले आगामी दिनमा अझ प्रभावकारी रूपमा शैक्षिक सेवा प्रदान गर्ने थप प्रेरणा मिलेको जनाएको छ । राष्ट्रिय स्तरको यस सम्मानले स्कुलको मात्र नभई रुकुम पश्चिमको शिक्षा क्षेत्रलाई थप गौरवान्वित बनाएको विजयश्वरी बोर्डिङ स्कुलका प्रिन्सिपल जयबहादुर थापाले बताउनुभयो ।

प्रकाशित मिति: आइतबार, जेठ ३१, २०८३  २२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update