राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम पश्चिमको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । सहमति जुट्न नसकेपछि सभापति देखि सदस्य सम्मै चुन्न मतदान सुरु भएको हो । एउटै पदमा १ भन्दा बढी व्यक्तिको उम्मेदवारी परेपछि मतदान मार्फत नेतृत्व चुनिदै छ ।
निर्वाचन समितिका अनुसार सभापतिमा २ जना प्रतिस्पर्धामा रहेका छन् । सभापतिका लागि पुस्तक चन्द र द्रोण खड्काको उम्मेदवारी परेको छ ।
त्यस्तै उप सभापतिका लागि ४ जना प्रतिस्पर्धामा छन् । निर्वाचन समितिका अनुसार उपसभापतिका लागि रिमप्रशाद शर्मा, ठकेन्द्र गिरी रवी, रविन्द्रकुमार विष्ट र घमण्डबहादुर चन्द शिखर प्रतिस्पर्धामा हुनुहुन्छ ।
सचिवका लागि दिपेन्द्रराज विष्ट र नवराज मल्ल प्रतिस्पर्धामा हुनुहुन्छ । सह सचिवका लागि सशे खत्री सरोज, पदम ददेल र प्रेम बाँठा मगर प्रतिस्पर्धामा रहेको निर्वाचन समितिले जानकारी दिएको छ ।
५ जना सदस्यका लागि कृष्णबहादुर ओली, लोकबहादुर गिरी, पलबहादुर खड्का, टोपबहादुर थापा, रमेश गिरी, यमराज डाँगी, निरज गिरी र विनोद बटाला प्रतिस्पर्धामा हुनुहुन्छ । यसैविच महिला प्रतिनिधित्व शून्य देखिएको छ । कुनैपनि पदमा महिलाको उम्मेदवारी परेको छैन् ।
मतदाता ११३ जना रहेका छन् । रास्वपाको जिल्ला अधिवेशन आजै सुरु भएको हो ।


1686475760.jpg)


-1759842583.jpg)