रुकुम पश्चिममा छोरीहरूको हक, अधिकार तथा नेतृत्व विकासलाई सुदृढ गर्ने उद्देश्यले रुकुम पश्चिम जिल्ला छोरी सञ्जाल गठन गरिएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी जिल्ला छोरी सञ्जाल गठन गरिएको हो । भेलाबाट विभिन्न प्रस्ताव तथा निर्णय पारित गर्दै ९ सदस्यीय जिल्ला छोरी सञ्जाल गठन गरेको कर्णाली प्रदेश छोरी सञ्जालकी सहसचिव विजया पुनमगरले जानकारी दिनुभयो । उहाँका अनुसार भेलाले हिरा कुसारीको अध्यक्षतामा ९ सदस्यीय जिल्ला छोरी सञ्जाल गठन गरेको हो ।
जसकोे उपाध्यक्षमा सुशांक शाह, सचिवमा लक्ष्मी रावल, सहसचिवमा भावना सुनार चयन हुनुभएको छ । त्यस्तै दस्यहरुमा बिना कठायत, निरुता पुन मगर, विमला परियार र हिरा रावत चयन भएको कर्णाली प्रदेश छोरी सञ्जालकी सहसचिव पुनले जानकारी दिनुभयो । कर्णाली प्रदेश छोरी सञ्जालकी सहसचिव विजया पुन मगरको अध्यक्षता भएको कार्यक्रममा मुसिकोट नगर उपप्रमुख विमलकुमार पुनको विशेष उपस्थिती रहेको थियो ।
त्यस्तै वडा मुसिकोट १ का वडा अध्यक्ष ज्ञानुचन्द्र चन्द, ५ नम्बर वडा अध्यक्ष समीरजङ मल्ल, १० नम्बर वडा धनबहादुर खड्का (वसन्त), १३ नम्बर वडा अध्यक्ष खलबहादुर खड्का लगायत विभिन्न पालिकाका छोरीहरूको सहभागिता रहेको थियो । नवनिर्वाचित पदाधिकारीहरूले जिल्लाभरका छोरीहरूको क्षमता विकास, नेतृत्व प्रवद्र्धन, अधिकार संरक्षण तथा सामाजिक सशक्तीकरणका क्षेत्रमा सक्रिय रूपमा काम गर्ने जनाएको छ ।



1686475760.jpg)


-1759842583.jpg)