सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम पश्चिमले जिल्लाका सबै पालिकाका अधिवेशन सम्पन्न गरेको छ । जिल्ला अधिवेशनलाई लक्षित गर्दै रास्वपा रुकुम पश्चिमले जिल्लाका ६ वटै पालिकामा अधिवेशन सम्पन्न गरेको हो ।
अधिवेशनबाट तीन गाउँपालिका र तीन नगरपालिकाले नेतृत्व पाएको रास्वपा रुकुम पश्चिमका सभापति मानबहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार बिहीबार मुसिकोटको अधिवेशन सम्पन्न भएसँगै पालिका अधिवेशन सकिएको हो ।
सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको उहाँले बताउनुभयो । मुसिकोटको सभापतिमा बिरबल केसी निर्वाचित हुनुभएको छ भने चौरजहारी नगरपालिकाको सभापतिमा प्रवीण बुढाथोकी र आठबिसकोट नगरपालिकाको सभापतिमा केशव मल्ल निर्वाचित हुनुभएको छ ।
त्यस्तै सानीभेरी गाउँपालिकाको सभापतिमा रमेश बाँठामगर, बाँफिकोट गाउँपालिकाको सभापतिमा बालकृष्ण गौतम र त्रिवेणी गाउँपालिकाको सभापतिमा गणेश खत्री निर्वाचित भएको जिल्ला सभापति शाहीले बताउनुभयो ।
जिल्लामा उत्साहपूर्ण वातावरणमा पालिका अधिवेशनहरू सम्पन्न भएको उहाँले बताउनुभयो । रास्वपाका निकै राम्रो आकर्षण देखिएको उहाँले बताउनुभयो । पुराना दल देखि आजित भएकाहरू रास्वपाका सङ्गठित भइरहेको उहाँले बताउनुभयो ।
रास्वपा रुकुम पश्चिमकाे जिल्ला अधिवेशन आज हुँदै छ । मुसिकाेटमा हुने प्रथम अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । बिहान १० बजेपछि बालमन्दिरमा अधिवेशन सुरु हुने रास्वपाका जिल्ला सभापति मानबहादुर शाहीले जानकारी दिनुभयाे ।
यी हुन पालिकाका पदाधिकारी
| मुसिकाेट नगरपालिका | |
| बिरबल केसी | सभापति |
| पतिराम राेका | उप सभापति |
| राजन विक | सचिव |
| हरिगाेपाल खड्का | सह सचिव |
| रमा पुन | काेषाध्यक्ष |
| चाैरजहारी नगरपालिका | |
| प्रवीण बुढाथाेकी | सभापति |
| अजिवकुमार मल्ल | उप सभापति |
| डिल्ली बुढाथाेकी | सचिव |
| तारा गाेसाइ | सह सचिव |
| महेश शाह | काेषाध्यक्ष |
| आठबिसकाेट नगरपालिका | |
| केशव मल्ल | सभापति |
| धनीराम बुढा | उप सभापति |
| सुरेश गिरी | सचिव |
| विजय वस्नेत | सह सचिव |
| खीमा कुमारी गिरी | काेषााध्यक्ष |
| सानीभेरी गाउँपालिका | |
| रमेश बाँठा | सभापति |
| महावीर पुन | उप सभापति |
| खीमराज केसी | सचिव |
| चन्द्रबहादुर बुढाथाेकी | सह सचिव |
| अनिल बुढाथाेकी | काेषाध्यक्ष |
| त्रिवेणी गाउँपालिका | |
| गणेश खत्री | सभापति |
| केशव पुन | उप सभापति |
| निर्माण केसी | सचिव |
| नवीन खड्का | सह सचिव |
| लीला विक | काेषाध्यक्ष |
| बाँफिकाेट गाउँपालिका | |
| बालकृष्ण गाैतम | सभापति |
| ज्ञानबहादुर चन्द | उप सभापति |
| गाेर्ख बिक | सचिव |
| अलबहादुर नेपाली | सह सचिव |
| नवीना खत्री चन्द | काेषाध्यक्ष |




-1759842583.jpg)