Kakhara सबैको खबर सम्पूर्ण खबर
सल्लेमा सरसफाइ 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ सल्लेमा सरसफाइ गरिएको छ । सल्ले यूथ क्लबको आयोजनामा जिल्ला अस्पताल देखि जिटिजेटडाँडासम्म सरसफाइ गरिएको हो । बिहान ७ः३० देखि सरसफाइ कार्यक्रम सुरु भएको थियो । 

“सरसफाइ सबैको जिम्मेवारी, सबैको गरिमा” भन्ने मूल नारा सहित सरसफाइ कार्यक्रम आयोजना गरिएको गरिएको क्लबका अध्यक्ष मोहन खड्काले जानकारी दिनुभयो । जथाभाबी फालिएका फोहोर उठाएर व्यवस्थापन गरिएको थियो । फोहोर उठाएर कुहिने र नकुहिने फोहोरको वर्गीकरण गर्नुका साथै अति जोखिम, मध्यम जोखिम र कम जोखिम फोहोर सम्बन्धी स्थानीयलाई जानकारी समेत गराइएको थियो । 

फोहोर ब्याबस्थापन प्रत्येक नागरिकको दायित्व रहेको र यसले वातावरणमा पार्ने प्रभावबारे पनि जानकारी गराएको थियो । प्रत्येक होटेल तथा पसलहरूलाई सिसा जन्य फोहोर, प्लास्टिक जन्य फोहोर र भान्साबाट उत्पन्न हुने फोहोर व्यवस्थापनको बारे जानकारी दिइएको अध्यक्ष खड्काले बताउनुभयो । 

वातावरण प्रदूषण विश्वको एक ज्वलन्त समस्या रहेकोले यसबाट नेपाली पनि अछुतो नरहेकोले फोहोर मैला व्यवस्थापनमा विशेष ध्यान दिन आग्रह गर्दै फोहोर मैलाले प्राकृतिक सुन्दरतामा ह्रास आउने, सरुवा रोगको महामारी फैलने भएकोले यसबाट जोगिन सबैले हातेमालो गर्न आवश्यक रहेको वातावरण शास्त्री रोनिक्स बिसीले बताउनुभयो । 

साथै यस कार्यक्रममा पशु अस्पताल तथा पशु सेवा कार्यालय सेवा कार्यालयका अधिकृत शेरबहादुर खड्काले सल्ले सहिद स्मृति स्मारक पार्क सजावटको लागि ९ थान गमला हस्तान्तरण गर्नुभएको थियो । क्लबका अध्यक्ष खड्काले उक्त गमला ग्रहण गर्नुभएको थियो ।

salley-sarsafai-1760093321.jpg
यो कार्यक्रमले टोल, गाउँ तथा बजार सफा राख्न टेवा पुग्ने सल्ले बजार व्यवस्थापन समितिका सदस्य दुर्गाबहादुर खड्काले बताउनुभयो । बजारको सरसफाइका लागि गम्भीर बन्ने उहाँले प्रतिबद्धता समेत जनाउनुभयो । सरसफाइ कार्यक्रमको समापन सल्ले सहिद स्मृति पार्कमा पुगेर भएको थियो ।

कार्यक्रममा नेपाल ब्याडमिन्टन सङ्घका केन्द्रीय सदस्य तथा जिल्ला फुटबल सङ्घका उपाध्यक्ष डम्बर थापाको अगुवाइमा  बजार व्यवस्थापक समिति सदस्यहरू, क्लबका पदाधिकारीहरू, स्थानीय बुद्धिजीवी तथा युवाहरू र विमानस्थल सुरक्षा पोस्ट सल्लेको समेत सहभागिता रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update