Kakhara सबैको खबर सम्पूर्ण खबर
नेकपाका उम्मेदवार शर्माले गृहनगर पुगेर केके भने ?

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वार गोपाल शर्मा `अनल´ ले निष्ठा, इमानदारी र जनता प्रतिको उत्तरदायित्व नै आफ्नो पहिचान भएको बताउनु भएको छ । गृहनगर चौरजहारी नगरपालिका अनतरगत आफ्नै जन्मस्थान वडा नम्बर ५ को खहरे शहिद पार्कमा भएको चुनावी भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले आफू सधैं इमानदारिता र निष्ठाको राजनीति गर्न्ने व्यक्ती भएको बताउनुभएको हो । ``म ४८ बर्ष को भए, मैले यहि ठाँउबाट १२ बर्षकै उमेरमा कम्युनिस्टको झन्डा बोकेको आज ३४ बर्ष भयो, म अहिलेसम्म कतै गिरेको छैन छैन उम्मेदवार शर्माले भन्नुभयो ।´´

आफू लगायत ३/४ जनाले ५ नम्बर वडामा कम्युनिस्टको बिजारोपन गरेको स्मरण समेत गर्नुभयो । आजसम्म कुनै नराम्रो काम नगरेको बताउँआगामी दिनमा पनि जनताको शिर निहुरिने काम नगर्ने समेत  बताउनुभयो । प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मा प्रति लक्षित गर्दै पार्टीबाट निरन्तर अवसर लिने, अन्तिममा जनतालाई धोका दिएर भागेको आरोप समेत लगाउनुभयो । आफू जनताको सल्लाह बमोजिम जनाताकै सेवक बनेर  निरन्तर काम गर्ने उहाँको भनाइ थियो ।

प्रकाशित मिति: शनिबार, माघ २४, २०८२  २२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update